ओखलढुंगा- प्रतिनिधि सभामा १ र प्रदेशसभाका २ गरि ३ सिटमा जिल्लाबाट ५४ जना सिफारिस भएका छन् । उनीहरु पाँच दलको तर्फबाट सिफारिस भएका हुन् । समानुपातिक तर्फ ७४ छन् ।
संघीय प्रतिनिधी सभामा माओवादी केन्द्र र जसपाले एकल नाम पठाए पनि गठबन्धनमा रहेकाले सो सिट उनीहरुले पाउने संभावना निकै कम छ ।
संघमा एकिकृत समाजवादीले ३ एमालेले ३ तथा कांग्रेसले ४ जनाको नाम सिफारिस गरे पनि प्रदेशमा दर्जनसम्म सिफारिस भएका छन् ।
गठबन्धन दलबीच कस कसले कुन सिट पाउने भन्ने यकीन नभएकाले अन्यौल छ भने एमालेको पनि कसले टिकट पाउने टुंगो छैन ।
प्रतिक्रिया दिनुहोस