ओखलढुंगा- स्थानीय तह निर्वाचन २०७९ काे मत परिणाम धमाधम आउन थालेकाे छ । हालसम्म नागरिक मिडियाले प्राप्त गरेकाे विवरण अनुसार १४ वडाकाे मत गणना सकिएकाे छ । कति पय वडाकाे परीणाम ओपचारिक घाेषणा हुन बाँकी छ ।
१ नगरपालिका र ७ स्थानीय तहमध्ये कुनै पनि पालिकाकाे परिणाम आएकाे छैन । प्राप्त जानकारी अनुसार १ तहमा माओवादी केन्द्र र अन्य सात तहमा प्रमुख पदमा काँग्रेस उम्मेदवार अग्र स्थानमा छन् ।
वडाका नतिजाले एमालेका गढ भत्किएका छन् ।
१४ वडामा कहाँ कस्ले जित हत पारे त ? यहाँ हेराैं
चिशंखुगढी
१ नं वडा उषक कट्वाल माओवादी केन्द्र विजयी
८ नं वडा नेकपा एमाले विजयी
सिद्धिचरण
१ नं वडा तीर्थ घिमिरे कांग्रेस विजयी
२ नं वडा बशन्त कट्वाल माओवादी केन्द्र (घाेषणा बाँकी)
११ नं वडा विनाेद ताम्राकार कांग्रेस
१२ नं वडा उमंग श्रेष्ठ कांग्रेस विजयी
माेलुङ
२ नं वडा टंक कार्की काँग्रेस
८ नं वडा सुधीर राई एमाले
खिजीदेम्वा
१ नं वडा जसपा विजयी
९ नं वडा कांग्रेस विजयी
लिखु
१ नं वडा हिरा कार्की एमाले विजयी
९ नं वडा केशव ढुंगेल एमाले विजयी
मानेभञ्याङ
१ नं वडा राजकुमार रुम्दाली नेकां
२ नं वडा मणिराम राई नेकां
७ नं वडा विष्णु गाैतम नेकां
८ नं वडा भीम मगर नेकां
९ नं वडा पूर्ण मगर एमाले
मत परिणाम परिणाम अनुसार एमालेले जितेका सिद्धिचणका १ र १२ कांग्रेसले जितकाे छ । १७ वडामध्ये कांग्रेसले ९ वडा जितेकाे छ । एमालेले ५ माओवादी केन्द्रले २ र जसपाले १ वडामा जित हात पारेका छन् ।
सिनपा २ मा मत परिणाम घाेषणा भएकाे छैन । त्यहाँ माओवादीका उम्मेदवारकाे जित निश्चित देखिएकाे छ । त्यस्तै चिशंखुगढी ६ मा काँग्रेसका बलराम कट्वाल जित नजिक पुगेका छन् । दुवै वडा यस अघि एमालेले अत्याधिक मतले जितेका वडा हुन् । यस पटक एमालेका गढ मानिएका वडा काँग्रेस र माओवादीले जित हात पारेका छन् ।
प्रतिक्रिया दिनुहोस