२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024
दोहोरो नागरिकताधारी उम्मेदवारबारे एमाले प्रष्टिकरण

‘स्वच्छ छविका, जनप्रेमी र विकासप्रेमी नेतालाई झुटा मुद्दामा फसाइयो’

अभियुक्तसँग प्रतिस्पर्धा हाेइन युद्ध हुन सक्ने चेतावनी

  • २०७९ बैशाख २१, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– नेकपा एमालेको लिखु गाउँपालिका कमिटीले दोहोरो नागरिकता र ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरिएका उम्मेदवारको बचाउ गर्दै विज्ञप्ती निकालेको छ ।

    जारी गरिएको विज्ञप्तीमा विपक्षी पार्टी खासगरि नेपाली कांग्रेसले झुटा मुद्दामा फसाउन खोजेको आरोप लगाइएको छ । पालिका अध्यक्ष पदका उम्मेदवार मिलन बिष्ट विरुद्ध राजनीतिक प्रतिशोध र सत्ताको दुरुपयोग गरेर झुटा मुद्धामा फसाइएको भन्दै आपत्ति जनाएको हो ।

    एमाले लिखु गाउँपालिका कमिटी अध्यक्ष रामकुमार आछामी थापा मगर र सचिव रेशम विष्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा एमालेको लोकप्रियता देखेर अतालिएकाहरुले मतदातामा झुटा भ्रम र त्रास फैलाउने दुस्साहस गरेको आरोप लगाइएको छ । उनी विरुद्ध दोहोरो नागरिकता र ठगी मुद्दामा वारेन्ट जारी भएको हो ।

    मतदाता नामावली दुइ ठाउँबाट फरक नामबाट लिइएकाे ।

    गम्भीर मुद्दाका आरोपी बोकेर चुनावी प्रचारमा जुटेको एमाले लिखुका ईञ्चार्ज प्रेम भट्टराईले पार्टीको माथिल्लो कमिटीले उम्मेदवार छानेको, उम्मेदवारी बारे परेको उजुरीबाट उम्मेदवारी कायम रहेको हकमा उनीमाथि अनावश्यक टिप्पणी गर्न नहुने बताए । लिखुमा आवश्यक व्यक्ति मिलन विष्ट भएकाले एमालेले टिकट दिएको उनको दावी छ ।

    प्रहरीले एमाले उम्मेदवार विष्टलाई भने फरार भनेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी सुकदेव खनालले वारेन्ट जारी फरार भएको र कानुन कार्यन्वयन हुने प्रतिक्रिया दिए ।

    उनलाई पक्राउ नगर्न एमाले नेताहरुले दवाव दिएका छन् । चुनावसम्म विष्टलाई नसमाउन केन्द्र र प्रदेश स्तरका एमाले नेताहरुले डिएस्पी खनाललाई भेटेर आग्रह गरेका हुन् । नेताहरुको आग्रहमा खनाल सकरात्मक रहेको बताइन्छ । यद्यपी डिएस्पी खनालले कुनै प्रकारको दवाव नरहेको र कानुन कार्यन्वयन हुने नागरिक मिडियालाई बताए ।

    एमालेले दोहोरो नागरिकता धारी उम्मेदवारको पक्षमा निकालेको विज्ञप्तीबारे नेपाली कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । काँग्रेस नेता कुमार सुवेदीले कानुनी राज्यमा कानुन कार्यन्वयन प्रभावित हुने गरि आएको विज्ञप्ती गम्भीर रहेको बताए । उनले कानुनलाई प्रभावित गर्न र कानुन कार्यन्वयनमा अवरोध गर्ने गरि दिइएको वक्तव्य आप्पति जनक रहेको भन्दै प्रतिवाद गरिने बताए ।

    विष्टका दुइ फरक नाममा लिइएकाे नागरिकता

    त्यस्तै नेकपा एकिकृत समाजवादीले पनि अभियुक्तलाई कानुनी कारवाही गर्नुको सट्टा एमालेले चुनावी मैदानमा उतारेर द्वन्द्व निम्त्याउन खोजेको प्रतिक्रिया दिएको छ ।

    समाजवादीका युवा नेता अमृत सागरले अभियुक्त चुनावी मैदानमा आएको र राज्यले संरक्षण गर्ने हो भने चुनाव प्रभावित हुने बताए । उनले भने, “अभियुक्तसँग चुनावी प्रतिस्पर्धा होइन युद्ध हुन सक्छ, फरार भनेर चुनावमा भिडाउने काम राज्यले नगरोस्” ।

    विष्टको पक्षमा एमाले पोलिटव्यूरो सदस्य तथा विवादित नेता बालकृष्ण ढुंगेल छन् । विष्ट विरुद्धको मुद्दा र उनीसँगै ढुंगेल जोडिएपछि निर्वाचनका क्रममा “द्वन्द्व” भड्किन सक्ने स्थानीयमा त्रास छ ।

    प्रतिक्रिया दिनुहोस