ओखलढुंगा- सुनकाेसी गाउँपालिकामा नेताका वडामा धेरै बागी उम्मेदवार देखिएका छन् । काँग्रेसका जिल्ला र प्रदेश स्तरका नेताहरु र उम्मेदवारकै गाउँमा बागी धेरै देखिएका हुन् । त्यस्तै एमाले उम्मेदवारका गाउँमा पनि बागी छन् ।
धेरै बागी कांग्रेसका छन् । प्रदेश सदस्य कुमार लुइटेलकाे वडामा काँग्रेसका वडा सचिव दुर्गा जेराेले वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यस्तै वडा नं ७ च्यानममा असन्तुष्ट काँग्रेस र एमालेका कार्यकर्ताहरुकाे समर्थनमा काँग्रेसकै दुर्गा राय वडा अध्यक्षमा बागी उम्मदवार बनेका छन् ।
वडा नं ८ च्यानममा च्यानम-काठमाण्डाैं सम्पर्क समितिका सभापति हिरा कट्वाल वडा अध्यक्षका उम्मेदवार बनेका छन् । १० नम्बरमा काँग्रेसका क्षेत्रीय प्रतिनिधी ओम धमला वागी उम्मेदवार छन् ।नेताहरुले आफू निकटका मान्छेलाई टिकट दिएपछि असन्तुष्टि बढेकाे हाे । बागीले काँग्रेसलाई टाउकाे दुखाइकाे विषय बनेकाे छ ।
च्यानम वर्तमान पालिका अध्यक्ष रुद्र अधिकारी तथा उपाध्यक्षका उम्मेदवार सुनिता अधिकारीकाे गाउँ हाे । नेतृत्व तहका नेताहरुले आकांक्षी व्यवस्थापन गर्न नसक्दा बागी बढेका हुन् ।
एमालेमा पनि याे राेग छ । वडा नं २ र १० मा बागी उम्मेदवार छन् । वडा नं २ मा शंकर तामाङ बागी बनेका छन् । याे वडा एमालेका अध्यक्षका उम्मेदवार सुनिल खड्काकाे वडा हाे ।
१० मा सर्मिला खतिवडा पनि वडा अध्यक्षका उम्मेदवार छन् । पार्टी बाहिरबाट ल्याएर टिकट दिएपछि खतिवडासहित रुष्ट छन् ।
बागी फिर्ता गराउने प्रयास भएकाे नेताहरुले बताए पनि याे समाचार तयार पार्दासम्म जानकारी प्राप्त भएकाे छैन ।
कमल तामाङकै वडामा एमाले उम्मेदवार सर्वसम्मत
काँग्रेस पालिका अध्यक्षका उम्मदवार हुन् कमल तामाङ । उनी पार्टीका जिल्ला उप सभापति पनि छन् । उनकै वडामा एमाले उम्मेदवार सर्वसम्मत भएका छन् ।
अन्य पार्टीमा वडा सदस्य उम्मेदवार नपाएपछि दलित महिला सदस्य सर्वसम्मत भएकी हुन् । डल्लीमाया विश्वकर्मा सर्वसम्मत दलित महिला सदस्य चयन भएकी हुन् ।वागी र प्रमुख पदमा उम्मेदवार नेताकै गाउँमा विपक्षी पार्टीकाे उम्मेदवार सर्वसम्मत हुँदा काँग्रेसलाई चुनाैति थपिएकाे छ ।
प्रतिक्रिया दिनुहोस