ओखलढुंगा- सत्तारुढ दलहरुकाे गठबन्धन ओखलढुंगामा काँग्रेस-माओवादी तालमेलले धरापमा पारेकाे छ । मंगलबार राति दुई दलले गठबन्धनका दुई सहयात्रीलाई छाडेर तालमेलकाे निर्णय गरेका थिए ।
नेकपा एकिकृत समाजवादी र जनता समाजवादीलाई छाडेर दुई दलले तालमेलकाे निर्णय गरेपछि गठबन्धन नभइ दुई दलीय तालमेलमा सिमित हुने देखिएकाे छ ।
वडा तहसम्मै दुई दलले तालमेल गर्ने निर्णय गर्दै अन्य दुइ दललाई स्पेश नदिएपछि नेकपा एकिकृत समाजवादी र जनता समाजवादी चुनावी तयारीमा जुटेका छन् । बुधबार विहान दुइ दलीय सहमति बाहिरिएपछि दिउँसाे चारदलीय संयन्त्र बसे पनि निष्कर्ष निस्केकाे छैन ।
काँग्रेस र माओवादीले एकिकृत समाजवादी र जसपालाई १ तहमा उपप्रमुख लिएर गठबन्धन गर्न प्रस्ताव गरेकाले सहमति हुने अवस्था नहरेकाे नेकपा एकिकृत समाजवादीका उप सचिव दिपक फुंयलले बताए ।
८ स्थानिय तहमध्ये काँग्रेस-माओवादीबीच १ प्रमुख र ३ उपप्रमुख तथा १८ वडामा माओवादीका उम्मेदवार रहने गरि सहमति गरेका छन् । यसमा जसपा मिलाउन काँग्रेस र समाजवादी मिलाउने माओवादीले जिम्मा लिएर सहमति गरेका थिए । लिखु गाउँपालिकामा भने सहमति नभएकाले प्रदेश संयन्त्रले निर्णय गरे बमाेजिम हुने सहमति गरेर पत्राचार समेत गरेका छन् ।
आफुहरुकाे जनमत बलियाे रहेकाे र एमालेसँग जित्न दुई दलकाे गठबन्धन काफि रहेकाले साना दललाई पछि सहमतिमा ल्याउन बाटाे राखेर सहमति गरिएकाे एक माओवादी नेताले बताए ।
सहयात्री दलहरुलाई अवमूल्यन गरेर दुई दलीय तालमेल गरेकाे भन्दै एकिकृत समाजवादी र जसपाले आप्पति जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस