ओखलढुंगा- ज्योति लाईफ ईन्स्योरेन्स कम्पनीले घातक रोग सम्बन्धी विमा वापतको रकम विरामीलाई हस्तान्तरण गरेको छ । मंगलबार घातक रोगका विरामी मोलुङ गाउँपालिका वडा नं १ कुन्तादेवीका क्यान्सर पीडित चन्द्रमणी घिमिरेको परिवारलाई विमा वापतको रकम रु ४ लाख ७५ हजार ४७ रुपैयाको चेक हस्तान्तरण गरेको हो ।
विमाको रकमको चेकलाई मोलुङ गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङ र ज्योती लाईफ ईन्स्योरेन्स कम्पनी ओखलढुङ्गाका प्रमुख पर्वत कार्कीले संयुक्त रुपमा घिमिरेकी आमा गायत्रा धमला घिमिरेलाई हस्तान्तरण गरेका हुन् ।
विमा वापतको रकमको चेक हस्तान्तरण गर्दै गाउँपालिकाका उपाध्यक्ष हेम कुमारी तामाङले मन्छेको जिवन अमूल्य भएकोले अप्ठरयारो परेको बेला सहयोगी समेत हुने भएकोले जीवन विमा गर्नुपर्ने बताइन् ।
ज्योती लाईफ ईन्स्योरेन्स कम्पनीले आफ्नो कम्पनीमा विमा गर्ने विमितलाई ३५ प्रकारको घातक रोगको समेत विमा गराउदै आएको छ । नेपालमा सवैभन्दा धेरै घातक रोगको उपचार गर्ने र नेपालमा विमा द्वारा घातक रोगको उपचार गराउन सुरुवाती गर्ने पहिलो कम्पनी भएकोले ज्योती लाइफमै विमा गर्न प्रमुख कार्कीले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस