ओखलढुंगा- स्थानीय निर्वाचनकाे सरगर्मी बढेसँग दलहरु उम्मेदवार चयनकाे प्रकृया र चुनाव केन्द्रित गतिविधीमा जुटेका छन् । दलहरुभित्र स्थानीय तहमा पदाधिकारी बन्ने हाेडमा नेताहरु देखिएका छन् ।
जिल्ला समिति बैठकबाट निर्वाचन केन्द्रित अभियानमा जुटेकाे नेकपा माओवादी केन्द्रमा आठ स्थानीय तहमा संभावित उम्मेदवारहरुले लविङ र प्रचारलाई तीव्र पारेका छन् ।
अन्य दलहरुमा पनि टिकट ल्याउन नेताहरु पार्टीकाे शिर्ष नेतृत्वसँग लवङमा छन् । तेस्राे ठुलाे माओवादीमा आकांक्षीहरु एमाले काँग्रेसमा भन्दा कम देखिएका छन् । अब पार्टी चुनावी अभियानसँगै वडादेखि पालिका तहका उम्मेदवार चयनमा केन्द्रित भएकाे माओवादी केन्द्रका केन्द्रिय सदस्य चम्पा कार्कीले बताइन् ।
यस्ता छन् दावेदार
१. सिद्धिचरण नगरपालिका – गुण कुमार राई “रुपक”, रुपेश शाक्य, सन्तोष मगर “कुसुम”
२. सुनकोसी गाउँपालिका- हेमसागर पराजुली “मनसुन” , लोकनाथ अधिकारी, छबिरमण धमला, नबराज खड्का
३. मोलुङ गाउँपालिका- नरेन्द्र खतिवडा, कुल बहादुर खत्री, मान ब तामाङ, मनिषा राई र भक्त सुनुवार
४. मानेभञ्ज्याङ गाउँपालिका- युबराज राई, सुबासचन्द्र राई, सन्त तामाङ, बल बहादुर राई, अर्जुन गौतम र चम्पासरी राई
५. चिशंखुगढी गाउँपालिका- निशान्त शर्मा र रामकुमार कार्की
६. चम्पादेबी गाउँपालिका- बिनोद सुनुवार, खड्ग ब कार्की, झलकमान तामाङ, तिलक ब खड्का, भिम किराँत र लोचन केसि
७. लिखु गाउँपालिका- जीवन परियार, एकेन्द्र कट्वाल, नवीन पौडेल, चित्र थापा, रन्जन खड्का
८. खिजिदेम्बा गाउँपालिका- खुद ब खत्री, चन्द्रमान तामाङ, चम्पक सुनुवार, तिलक कार्की
जिल्लाका ८ पालिकामध्ये चिशंखुगढी यस अघि जितेकाे पालिका हाे । यसमा जिल्ला पार्टी अध्यक्ष निशान्त शर्मा मुख्य दावेदार देखिएका छन् । अन्य तहमा पनि एक वा दुइ जनाकाे मुख्य दावी रहने र अन्य नेताहरु वडा अध्यक्षमा जाने नेताहरुकाे बुझाइ छ ।
सिद्धिचरणमा यस अघि चुनाव लडिसकेका रुपेश शाक्य यस पटकका प्रमुख दावेदार हुन् । उनी गठनबन्धन भए पनि नभए पनि चुनावी मैदानमा जाने बताउँछन् । खिजीदेम्वामा चम्पक सुनुवार आफु पालिका अध्यक्षकाे उम्मेदवार भएकाे बताउँछन् । युवा पुस्ताका उनी लाेकप्रिय नेता हुन् ।
प्रतिक्रिया दिनुहोस