ओखलढुंगा – जिल्लाको सिद्धिचरण नगरपालिका १२ स्थित स्रष्टा पार्क क्षेत्रमा बौद्ध स्तुपा निर्माण गरिएको छ ।
प्रदेश समपुरक अनुदान र नगरपालिकाको साझेदारीमा ६६ लाख ७१ हजार २९ रुपैंयामा ठेक्का मार्फत बौद्ध स्तुपा निर्माण गरिएको हो ।
स्तुपाको मंगलबार बौद्ध परम्परा अनुसार पूजापाठ गरि सिद्धिचरण नगरपालिकाका प्रमूख मोहनकुमार श्रेष्ठले उद्घाटन गरे ।
स्तुपाले आन्तरिक पर्यटनमा टेवा पुग्ने आशा गरिएको छ । सर्वश्री कन्सट्रक्सनले दुईवटा ठेक्का मार्फत स्तुमा निर्धारित समय एकवर्षमै निर्माण सम्पन्न गरेको हो ।
प्रतिक्रिया दिनुहोस