२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

६ स्थानीय तहमा माओवादी केन्द्रकाे सर्वसम्मत नेतृत्व चयन

  • २०७८ मंसिर १४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा – नेकपा माओवादी केन्द्र स्थानीय कमिटीको अधिवेशन धमाधम भइरहेको छ । ओखलढुंगाका ८ स्थानीय तहमध्ये ६ वटामा अधिवेशन सकिएको छ । अधिवेशनले स्थानीय कमिटीको नयाँ नेतृत्व चयनका साथै प्रदेश प्रतिनिधिसमेत चयन गरेको नेता हेमसागर पराजुलीले जानकारी दिए ।

    जिल्लाका लिखु, चम्पादेवी, सुनकोसी, मानेभञ्याङ् चिशंखुगढी र खिजीदेम्वा गाउँपालिका कमिटीका अधिवेशन सकिएका छन् । अधिवेशनले सबै पदहरूमा सर्वसम्मत नेतृत्व चयन गरेको र दुई पालिकाको मंसिर तेस्रो साताभित्रै सम्पन्न भइसक्ने नेकपा मा‌ओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य रुपेश शाक्यले जानकारी दिए ।

    नेकपा माओवादी केन्द्र पालिकाको प्रथम सम्मेलनबाट चिशंखुगढीमा नरेन्द्र बस्नेत, खिजीदेम्वामा चन्द्रमान तामाङ, मानेभञ्ज्याङमा टंक किराति, लिखुमा नवीन पौडेले अध्यक्ष चयन भएका छन् । यस्तै सुनकोसीमा छविरमण धमला, चम्पादेवीमा खड्गबहादुर कार्की अध्यक्ष बनेका छन्  । पालिका अधिवेशनले भूगोलबाट दुई अनिवार्य हुने गरी सबै पालिकाबाट सदस्य संख्याका आधारमा प्रदेश प्रतिनिधि पनि चयन भएका छन् ।

    सदरमुकामसमेत रहेको सिद्धिचरण नगरपालिका र मोलुङ गाउँपालिकामा भने अधिवेशन हुन बाँकी छ । ती तहमा पनि मिति तय भइसकेकाले मंसिरको २० भित्रै सबै अधिवेशन सम्पन्न हुने नेताहरूले बताएका छन् । मंसिर २८ मा प्रदेश १ को अधिवेशन तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस