२०८२ बैशाख ७, आईतबार | Sun, 20, Apr, 2025

यज्ञराजले दिए ओखलढुंगाका कैदीबन्दीलाई खसी !

  • २०७८ आश्विन २६, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  स‌ांसद यज्ञराज सुनुवारले कारागारका कैदीबन्दीलाई खसी उपहार दिएका छन् । सांसद सुनुवारले  जिल्ला कारागारका कैद भूक्तान तथा पुर्पक्षमा रहेका कैदीबन्दीहरुलाई जिल्लाका सुरक्षा अधिकारीहरुकाे उपस्थितमा खसी उपहार दिएका हुन् ।

    उनले विजया दशमीकाे उपलक्ष्यमा कारागारमा रहेका व्यक्तिहरुलाई शुभकामना आदानप्रदान गर्दै खसी उपहार दिए । कारागार सुधार गृह पनि भएकाले विभिन्न अभियाेगमा जेलमा रहेका व्यक्तिहरुलाई आचरण सुधार गरेर सामाजिक जीवनमा फर्किन प्रेरणा मिलाेस् भनेर आफूले वर्षेनी खसी उपहार दिएर शुभकामना आदान प्रदान गर्दै आएकाे सा‌ंसद सुनुवारले नागरिक मिडियालाई बताए ।

    प्रतिक्रिया दिनुहोस