काठमाडौं- एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन् । उनले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।
मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन् ।
एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए । मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्तामा थिए ।
मंगलबार सम्पन्न स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका हैसियतमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिन खोजेका छन् ।
प्रतिक्रिया दिनुहोस