काठमाडौं- नेपाली कांग्रेसले केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन पारित गरेको छ । शनिबार बसेको केन्द्रीय समिति बैठकले समिति संयोजक रमेश लेखकद्वारा बैठकमा प्रस्तुत प्रतिवेदन पारित गरेको हो ।
उक्त प्रतिवेदनमा उल्लेखित निणंय गर्न बाँकी रहेको कार्य सम्पन्न गर्न तीन नेतालाई जिम्मा दिइएको छ । बैठकले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा.मिनेन्द्र रिजाल र रमेश लेखकलाई भदौ ३ गतेको म्यान्डेट दिएको हो ।
भदा २ गतेभित्र सहमतिमा टुंगो लगाई भदौ ३ गते सभापति शेरबहादुर देउवालाई बझाउन भनेको छ । समितिले बाँकी विवाद नेतृत्व तहमा टुंग्याउने गरी साउन १२ गते छानबिन समितिको प्रतिवेदनमा बुझाएको थियो ।
प्रतिक्रिया दिनुहोस