ओखलढुंगा– सिद्धिचरण नगरपालिका ५ विप्लाँटेमा मंगलबार राती झगडा भई एकआपसमा कुटाकुट हुँदा एकजनाको मृत्यु र अर्को एक गम्भीर घाईते भएका छन् ।
देउराली स्थायी ठेगाना भएका बस्ने वर्ष ६३ का आङगुम्बु शेर्पा र सोही ठेगाना भएका वर्ष ४२ का पासाङ तेन्जी शेर्पा एकअर्कामा कुटाकुट गरेका थिए । दुवैजनाको अवस्था गम्भीर भएपछि उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पताल मिसन लगिएको थियो । उपचारकै क्रममा बुधबार पासाङ तेन्जीको मृत्यु भएको हो ।
त्यसैगरि आङगुम्बु शेर्पाको अवस्था गम्भीर छ । उनको मिसनमै उपचार भईरहेपनि थप उपचारका लागि बाहिर लानुपर्ने अवस्था भएको जनाइएको छ । झगडाको कारणबारे अहिले थाहा नभएको र अनुसन्धान भईरहेको जिल्ला प्रहरीका प्रहरी निरिक्षक उद्धव पोख्रेलले बताए ।
प्रतिक्रिया दिनुहोस