२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

नदी तथा खाेला किनारका बसाेबासीलाई सचेत रहन आग्रह, कुन कुन क्षेत्रमा जाेखिम ?

  • २०७८ अषाढ ३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- लिखुखोला, दूधकोशी, सुनकोशीलगायतका खोला तथा नदी किनार एवं भिरालो जोखिमयुक्त भुभागमा बसोबास गर्ने स्थानीयलाई जिल्ला प्रशासन कार्यालयले सचेत रहन अपिल गरेको छ ।

    विगत वर्षहरुमा भन्दा यसवर्ष मनसुनी प्रभाव बढी हुनसक्ने भएकाले खोला तथा नदीहरुमा बहाव उल्लेख्य बढ्ने र सतर्कता तह पार गर्ने सम्भावना रहेकाले प्रशासन कार्यालयले अत्यन्त जरूरी सूचना जारी गर्दै अपिल गरेको हो ।

    कार्यालयले कुनै पनि प्राकृतिक विपद् आइपरेमा सम्बन्धित स्थानीय तह तथा नजिकको सुरक्षा निकायमा  सम्पर्क गर्नुहुन अनुरोध गरेको छ । साथै कार्यालयले ती निकायहरुमा सम्पर्क हुन नसकेमा सम्पर्क गर्ने नम्बर समेत सार्वजनिक गरेको छ ।

    प्रतिक्रिया दिनुहोस