२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

ओखलढुंगा: ८ संक्रमित थपिदा कति भए निकाे, कति छन् अस्पतालमा ?

  • २०७८ जेष्ठ २८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लामा शुक्रबार ८ जना काेराेना संक्रमित थपिएका छन् भने २५ जना निकाे भएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ । ६२ एन्टिजेन परिक्षण गर्दा ८ जनामा संक्रमण देखिएकाे हाे ।

    जिल्लामा निकाे हुने क्रम पनि बढेकाे छ । हालसम्म ४ सय ७२ जना निकाे भएकाे बताइएकाे छ । परिक्षणकाे दर निकै घटाइएकाे छ भने खाेप लाउने तर्फ स्वास्थ्यकर्मी जुटेका छन् ।

    अस्पतालमा १४ जना उपचाररत छन् भने ५ सय ९१ सक्रिय संक्रमित घरैमा बसेका छन् । काेराेनाजस्ताे लक्षण देखिएका धेरै विरामीमा काेराेना नेगेटिभ आउने गरेकाे छ । याे फ्लू हुन सक्ने भएकाले सचेत हुन र समयमै उपचार गराउन डाक्टरहरुले सुझाब दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस