२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

साेच नेपालद्वारा चिशंखुगढीमा खाद्यन्न सहयाेग

  • २०७८ जेष्ठ २८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- ऐन नियम निर्माण तथा शुशासनको क्षेत्रमा नागरिक समाज, पत्रकार र सेवा प्रदायक निकायसँग समन्वय गर्दै आएको सोच नेपालले लकडाउन प्रभावित चिशंखुगढीका नागरिकलाई सोच नेपालले खाद्यान्न सहयोग गरेको छ ।

    कोरोना भाईरस संक्रमणको महामारीका कारण रोजगारी गुमाएर विहान वेलुकाको छाक टार्न मुस्किल भएका चिशंखुगढी वडा नं. ६ भदौरेका २३ घर परिवारलाई सोच नेपालले बुधबार खाद्यान्न सहयोग गरेको हो ।

    भदौरेका २३ घर परिवारलाई प्रति परिवार ३० केजी चामल, डेढ केजी दाल, १ केजी नुन र १ लिटर तेल उपलब्ध गराएको हो । सोच नेपालले उपलब्ध गराएको खाद्यान्न सामाग्रीहरुलाई चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा, वडा नं. ६ का वडा अध्यक्ष कृष्ण बहादुर क्याप्छाकी मगर, सोच नेपालका जिल्ला कार्यक्रम अधिकृत बोध नारायण श्रेष्ठ तथा स्थानीय सभाका अध्यक्ष लाल कुमार आलेमगरले संयुक्त रुपमा नागरिकहरुलाई हस्तान्तरण गरेका छन् ।

    गत आर्थिक वर्षमा जिल्लाका लिखु गाउँपालिका बाहेक सबै स्थानीय तहहरुले लकडाउन प्रभावित नागरिकहरुलाई खाद्यान्न सामाग्री उपलब्ध गराएपनि यसपटक भने कतैपनि खाद्यान्न सामाग्री उपलब्ध गराएको छैन ।

    निषेधाज्ञा लागू भएको डेढ महिना वित्दै गर्दा दैनिक ज्यालामजदुरी गरेर विहान वेलुकाको छाक टार्ने नागरिकहरुको दिनचर्या कष्टकर बन्न थालेको छ । खाद्यान्न सामाग्रीहरुमा मूल्य बृद्धि आकासीएको छ ।नागरिकहरुको दैनिक जिवन कष्टकर बन्न थालेपनि यसबारेमा स्थानीय सरकारहरुले भने खासै ध्यान दिएका छैनन् ।

    खाद्यान्न सामाग्री उपलब्ध गराएर भदौरेका नागरिकहरुलाई सहयोग गरेकोमा चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्माले सोच नेपाललाई धन्यवाद दिए । बेला बेलामा आईरहने यस्ता महामारीका कारण दैनिक जिवन निर्वाह कष्ठकर बन्ने बताउदै अर्काको आशमा भन्दा पनि अब नागरिकहरु व्यबसायीकता तर्फ उन्मुख हुनुपर्ने बताए ।

    त्यसका लागी गाउँपालिका सदैव तयार रहेको पालिका अध्यक्ष शर्माको भनाई थियो । यो पटक गाउँपालिकाले नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गर्ने नभई खाद्यान्नका लागि रोजगारी कार्यक्रम सञ्चालन गर्नलागेको समेत बताए ।

    यस अगाडी सोच नेपालले ओखलढुङ्गाको कुन्तादेवीमा स्वास्थ्य सामाग्र वितरण गरेको थियो । भदौरेमा भने खाद्यान्न सामाग्रीसगै स्थानीय सभाका सदस्यहरुका लागि स्वास्थ्य सामाग्री (मास्क) उपलब्ध गराएको छ ।

    प्रतिक्रिया दिनुहोस