२०७८ अषाढ ५, शनिबार | Sat, 19, Jun, 2021
दोहनको सिकार बन्दै सम्पदा

फुलेनन् गुराँस, सुक्न थाले मुहान !

  • २०७८ जेष्ठ २३, आईतबार मा प्रकाशित १ हफ्ता अघि
  • ओखलढुंगा- चैत बैशाखमा लेकाली वन गुराँस फुलेर राताम्य देखिन्थे । यो वर्ष जेठमा बल्ल कतै कतै छिटपुट मात्रै फुले । सदरमुकाम नजिकै रहेको सिद्धिचरण राजमार्गको केत्तुके -लगलगे खण्डको वनमा दशकौंदेखि फल्दै आएका गुराँग यो वर्ष गुराँस फुलेनन् ।

    वर्षौंदेखि यही खण्डमा ‘सडक रेखालु’ को काम गर्दै आएका मानेभन्ज्याङ गाउँपालिका-४ केत्तुकेका अडिलमान तामाङ गुराँस नफुलेको जंगलका रुख ठाडै सुकेको देखेर छक्क परेका छन् । अडिलमानले भने, ‘केही बोट त कटुस, गुराँस पनि सुके, मैले जीवनमै यसरी जंगल सुकेको पहिलो पटक देखेको हुँ ।’

    वनभरि गुराँस फुलेर ढकमक्क हुनुपर्नेमा कतै कोपिला पनि लागेको छैन भने, धेरैजसो पात्लेका रुखहरू सुकेका छन् । समुद्री सतहदेखि १५ सय मिटरभन्दा माथिको उचाइमा रहेको यो वनक्षेत्र हिउँदमा समेत प्रायः हरियाली हुन्थ्यो ।

    सिद्धिचरण नगरपालिका वडा नं. ११ हुँदै रुम्जाटार जाने सडक खण्डमा बाह्रै महिना पानी बग्ने काहुले खोलामा पानी सुकेको छ । सडक निर्माण नहुदै ब र्लुणालुका मान्छे हिडेर बजार आउँदा पानी खाने ठाउँ हो त्यो । सडक बनेको दशक पछि यो खोलो जेठमा पनि सुख्खा छ । ‘पहिलो हिडेर आउँदा पानी खाने ठाउँ हो यो, अहिले जेठमा पनि पानी छैन, सुकिसक्यो’ स्थानीय देवकुमार दाहालले भने ।

    पानीका मुहान र रुख सुकेर समुदाय समेत प्रभावित भएको देखिएको भने २०७२ सालको भूकम्पपछि नै हो । गाउँमा भएका सयौं वर्षदेखि पानी नसुकेका आहालहरु समेत सुकेका छन् ।

    जथाभावी सडक खन्ने र शिर खटानका कारण पानीका मुहान सुकिरहेको जानकारी दिए । वन जंगलको दोहन र जथाभावी खनिने सडक नै पानीका मुहान सक्ने मूख्य कारण भएको सामुदायिक वन संरक्षणको अभियानमा लागेका उनले बताए ।

    पानीका मुहान र रुख सुकेर समुदाय समेत प्रभावित भएको देखिएको भने २०७२ सालको भूकम्पपछि नै हो । गाउँमा भएका सयौं वर्षदेखि पानी नसुकेका आहालहरु समेत सुकेका छन् । यस्को मूख्य कारण जथाभावी सडक खन्ने र भूकम्प अर्को कारण भएको सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष दीर्गबहादुर खत्रीले बताए ।

    संरक्षणको कुनै योजना विना अधिक प्रयोग र दाहोन मुख्य कारण भएको उनको भनाइ छ । सरकारी तथ्यांकमा वन क्षेत्र बढेको देखिए पनि निजी र कबुलियति वन क्षेत्रका कारण भएको वन अभियानकर्मीहरु बताउँछन् ।

    यो वर्ष कतिपय वनका ६० प्रतिशतसम्म रुख सुकेको देखिएको सिद्धेश्वरी सामुदायिक वन सल्लेरीका उपभोक्ता समिति सचिव गोपाल धमलाले जानकारी दिए । ‘२०७२ को भूकम्पपछि एक-दुई रुखहरू सुकेको देखिएको थियो । ‘ठाउँ-ठाउँमा गरी ६० प्रतिशतसम्म वनका रुखहरू सुके’ उनले भने ।

    सिद्धेश्वरी नजिकका भुसुने, चैते, पम्पालुलगायत दर्जनभन्दा बढी सामुदायिक वनको हजारौं हेक्टर क्षेत्रफलका रुख सुकेका छन् ।
    औसतमा ३० देखि ४० प्रतिशतसम्म रुख सुकेको स्थानीयको भनाइ छ । तर के कारणले वन मासिएको हो, कुनै अध्ययन भएको छैन । वनका रुख र पानीका मुहान सुक्ने क्रम बढ्दै जाँदा ग्रामीण भेगको जनजीवन संकटमा पर्ने भन्दै अभियानकर्मीले भने चिन्ता व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस