२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
पूर्व विद्यार्थीहरुको सह्रानीय काम

सिद्धिचरणका सबै स्वास्थ्य संस्थामा स्वास्थ्य सामग्री सहयोग

समाज सेवामा हातेमालाे

  • २०७८ जेष्ठ २३, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  सिद्धिचरण नगरपालिकास्थित सगरमाथा जनता माविका पूर्व विद्यार्थीहरुले नगरपालिकाभित्रका सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् । विद्यालयको २०४३ सालको एलएलसी व्याचका विद्यार्थीहरुको समुहले आइतबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

    उक्त विद्यालयबाट २०४३ सालमा एसएलसी उर्तीण भएर विभिन्न पेशा, व्यवसाय र सेवामा आबद्ध भएका पूर्व विद्यार्थीहरुको समुहले सिद्धिचरण नगरपालिकामा रहेका ११ वटा स्वास्थ्य चौकी ३ वटा शहरी स्वास्थ्य केन्द्र र २ वटा अस्पतालमा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
    सगरमाथा जनता माविको प्राङ्गणमा स्वास्थ्य संस्थाका प्रतिनिधीहरुलाई सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको पूर्व विद्यार्थी तथा एमाले नेता हशंराज वाग्लेले बताए ।

    उनले यस अघि विभिन्न राजनीतिक नेतृत्वबाट वितरण भएका स्वास्थ्य सामग्री लक्षित वर्गमा पुग्न नसकेकाले लक्षित वर्गको पहुँच हुने गरि वडा-वडाका स्वास्थ्य संस्थाहरुमा सामग्री वितरण गरेको जनाए । पूर्व विद्यार्थीहरुले ल्याएका सबै स्वास्थ्य सामग्री विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभित्र रहेको बताइएको छ ।

     सो समुहमा देश विदेशमा रहेका पूर्व विद्यार्थीहरुले संकलन गरेको रकमबाट पल्स अक्सिमिटर, थर्मल गर्न, पिपिइ सेट, सेनिटाइजर, फेस सिल्ड, गाउन लगायत १० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । नगरपालिकाभित्रका ११ सवस्थ्य चौकी, ३ शहरी स्वास्थ्य केन्द्र, ओखलढुंगा जिल्ला अस्पताल रुम्जाटार र सामुदायिक अस्पताल सोब्रुलाई सामग्री हस्तान्तरण गरिएको हो ।

    पूर्व विद्यार्थीहरुको एसएलसी- २०४३ व्याचका शसस्त्र प्रहरीका पूर्व अतिरिक्त महानिरिक्षक राजेश श्रेष्ठ, समाजसेवी तथा एमाले नेता हंशराज वाग्ले, व्यवसायी दिनेश राजभण्डारी, शिक्षक कान्ति राजभण्डारी लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्न र स्वास्थ्य संस्थाहरुलाई सामग्री अभावले सेवा प्रवाहमा कमजोरी नहोस् भन्ने हेतुले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सो समुहले जनाएको छ ।

    स्वास्थ्य सामग्री हस्तान्तरणसँगै स्वास्थ्यकर्मीहरुलाई ओम समाज डेन्टल अस्पताल र विराज समाजको तर्फबाट शुरु गरिएको कोभिड १९ विरुद्धको मेचिकाली मनोपरामर्श अन्र्तगत डा. सुबास घिमिरे, अभिनेता निखिल उप्रेति, शिक्षा क्षेत्रका विज्ञ कणर् शाही लगायतले सहजीकरण गरेका थिए । उनीहरुले सबैको मजबुद एकता र उच्च मनोबलले कोरोना भाइरसँग जित हासिल गर्न सकिने र अब भाइरस विनाको जीवन होइन भाइरस सँगै बाच्ने उपाय र मनोबल निर्माण गर्नु पर्नेमा जोड दिएका थिए ।

    सामग्री हस्तान्तरण कार्यक्रममा सिद्धिचरणका मेयर मोहनकुमार श्रेष्ठ, रेडक्रस सोसाइटीका सभापति सुमन राजभण्डारी लगायतले सगरमाथा जनता माविको २०४३ को एसएलसी व्याच अहिलेसम्मकै उत्कृष्ठ र मनकारी भएको भन्दै स्रहाना गरेका थिए । कार्यक्रमको सभापति राजेश श्रेष्ठ थिए भने सञ्चालन कान्ति राजभण्डारी तथा स्वागत मन्तव्य हंशराज वाग्लेले गरेका थिए । सामग्री हस्तान्तरण पूर्व विद्यार्थी समाजको तर्फबाट हंशराज वाग्ले र राजेश श्रेष्ठले गरेका थिए ।

    पूर्व विद्यार्थीहरुको महत्वपूणर् सामाजिक कामको विद्यालयले पनि सह्राना गरेको छ । विद्यालयका प्रधानाध्यापक डिल्लीराम कार्कीले कोरोना महामारीको समयमा ज्यानको पर्वाह नगरि २०४३ को एसएलसी व्याचले गरेको सामाजिक कामको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

    आमा बाबुको सम्झानामा सुरक्षा सामग्री

    यस्तै आफ्ना दिवंगत आमा बाबुको सम्झनामा शसस्त्र प्रहरीका पूर्व एआइजि राजेश श्रेष्ठको परिवारले दुई वटा स्वास्थ्य संस्थामा थप व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेको छ । साुदायिक अस्पताल मिसन र जिल्ला अस्पतालमा पिपिइ सेट हस्तान्तरण गरिएको हो । जिल्ला अस्पतालमा १५ थान र सामुदायिक अस्पतालमा ३० थान व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरिएको छ ।

    संकटमा आफ्ना आमा बाबुको संझानामा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि सुरक्षा सामग्री दिइएको श्रेष्ठ परिवारले जनाएको छ । विद्यालय र स्वास्थ्य संस्थाहरुमा सामग्री हस्तान्तरण कार्यक्रमको व्यवस्थापन गर्न युवा संघ नेपालका केन्द्रिय सदस्य सन्तोषकुमार बस्नेत, छवि मगराती लगायतका युवाहरुले सहजीकरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस