२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

समाजसेवी वस्नेतकाे ‘साला-भेना’ अभियान, दिए स्वास्थ्य सामग्री र खाद्यन्न

  • २०७८ जेष्ठ २३, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- च्यानमका समाजसेवी तथा युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोषकुमार बस्नेत र उनका भेनाजु यज्ञबहादुर बस्नेतले गाउँका नागरिकलाई स्वास्थ्य सामाग्री र खाद्यन्न सहयोग गरेका छन् ।

    कोभिड- १९ संक्रमणकाे चपेटामा परेका अति विपन्न र अपांगता भएका ब्यक्तिलाई खाद्यन्न र वडाबासीलाई मास्क तथा हात धुने साबुन उपलब्ध गराएका हुन् ।

    सुनकोशी गाउँपालिका वडा न ८ र ७ मा नागिरककाे स्वास्थ्य अवस्था ख्याल गर्दै उनीहरुले सामाग्री उपलब्ध गराएकाे बताए । साे सामग्री वडा न ८ र ७ का वडा अध्यक्ष गुणराज भट्टराई र श्याम बहादुर कट्वाललाई वडा मार्फत गाउँका नागरिकलाई उपलब्ध गराउने गरि ६ हजार थान सर्जिकल मास्क, ८ सय थान साबुन, १५ बोरा चामलसहितका राहत सामाग्री शनिबार हस्तान्तरण गरेका हुन् ।

    विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य सामाग्री र संक्रमणको त्रासका कारण आयआर्जन गर्न नसकेका विपन्न परिवारलाई खाद्यन्न सहयोग गरिएको समाजसेवी सन्तोषकुमार बस्नेतले बताए । उनले भने- ‘ कोरोना महामारीको सामाना गर्न पनि  घर गाउँका दाजुभाई र दिदीबहिनीलाई हामी साला भेनाले केही स्वास्थ्य सामग्री र खाद्यन्न वडा अध्यक्षलाई हस्तान्तरण गरेका छौं ।’

    राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य समेत रहेका बस्नेतले सामाजिक काम गर्दै आएका छन् । यस अघि उनले पहिरोको प्रकोपमा परेका स्थानीय दलित समुदायलाई आफ्नो अंशको जग्गा कटाएर एकिकृत नमुना वस्ती बनाउन जग्गा दान गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस