२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

एकै दिन १५९ मा काेराना संक्रमण, कुन पालिकामा कति ?

  • २०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- आज एकैदिन १ सय ५९ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयको अनुसार १ सय ३९ जना पीसीआर परीक्षणबाट र २० जना एन्टिजेन परीक्षणबाट संक्रमित थपिएका हुन् ।

    संक्रमित हुनेहरुमा लिखु गाउँपालिकाका सबैभन्दा बढी १ सय ३९ जना रहेका छन् । त्यस्तै मोलुङ गाउँपालिकाका ९ जना, सिद्धिचरण नगरपालिकाका ७ जना, सुनकोसी गाउँपालिकाका ३ जना र सोलुखुम्बु जिल्लाबाट उपचारका लागि ओखलढुंगा आएका १ जना रहेका छन् ।

    यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय १५ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस