ओखलढुंगा- शुक्रबार कोरोना संक्रमणबाट ७२ वर्षीया महिलाको मृत्यु भएको छ । सिद्धिचरण नगरपालिका वडा नं ३ अँधेरी नारायणस्थानकी एक महिलाको मृत्यु भएको हो ।
ओखलढुंगा सामुदायिक अस्पतालमा गएको १४ गतेदेखि उपचाररत ती महिला आजै डिस्चार्ज भएकी थिइन् । उनलाई घर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए ।
यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस