२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

यी हुन् रामहरि खतिवडाले ल्याएका ८ लाखका स्वास्थ्य सामग्री

  • २०७८ जेष्ठ २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- कोरोना संक्रमण रोकथामको अभियानमा पूर्व सांसद रामहरि खतिवडाले हातेमालो थालेका छन् । उनले जिल्लाका सबै स्थानीय तह, अस्पताल र सुरक्षा निकायलाई स्वास्थ्य सामग्री हस्तान्ततरण गरेका छन् ।

    काँग्रेस नेता समेत रहेका संविधान सभा सदस्य खतिवडालेले जुटाएको ८ लाख बराबरको स्वास्थ्य सामग्री बिहीबार जिल्लाका सुरक्षा निकाय तथा स्थानीय तहलाई हस्तान्तरण गरेका हुन् ।

    खतिवडाले राजधानीमा जुटाएको स्वास्थ्य सामग्री सर्जिकल मास्क, सेनिटाइजर, केएन ९५ मास्क, शव बाकस र साबुन जिलल ल्याएका हुन् । उनले ९८ हजार सर्जिकल मास्क, २ हजार एन नाइन्टी मास्क, ८८ सेट पीपीई, ४ सय ५० लिटर सेनिटाइजर, १ हजार ५ सय थान पतञ्जली साबुन हस्तान्तरण गरेको जानकारी दिए ।

    विपदका बेला जनताले घरघरमा पुग्न नसक्ने अवस्था सिर्जना भएकाले सम्बन्धित स्थानीय तह तथा रकारी कार्यालयका जिम्मेवार पदाधिकामार्फत स्वास्थ्य सामग्री पठाएको खतिवडाले बताए । कांग्रेस नेता बहादुरसिंह लामा लगायत अन्य केही व्यक्तिको सहयोगमा जुटाएको उक्त सामग्री जिल्लाका लागि ल्याएको उनको भनाइ छ ।

    उनले ७५ वडामा प्रतिवडा १ हाजार मास्क र ५ लिटर सेनिटाइजरवितरण गरेका हुन् । त्यस्तै फ्रन्ट लाइनमा रहेर काम गर्ने, स्वास्थ्यसंस्था, सुरक्षा निकाय र सञ्चारकर्मीहरुलाई आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीहरु वितरण गरिएको बताइएकाे छ ।

    यस अघि विघटित प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार, एमाले नेता हंशराज वाग्ले लगायतले पनि स्थानीय तह, वडा र सुरक्षा निकायलाई स्वास्थ्य सामग्री वितरण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस