२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
परिक्षण दर घटाएर संक्रमित कम देखाउने प्रयास

मंगलबार ३२ जना संक्रमित थपिए, संक्रमितको संख्या ७१८

  • २०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- मंगलबार आज ३२ जना कोरोना संक्रमित थपिएका छन् । २७ जना  पीसीआरबाट र ५ जना एन्टिजेन परीक्षणबाट  संक्रमण पुष्टि ३२ जनाम भएको हो ।

    पीसीआर विधिबाट संक्रमण पुष्टि भएका  संक्रमित सिद्धिचरण नगरपालिका वडा नं ८ सल्लेरीका हुन् । यस्तै अन्य ५ जना भने अन्य स्थानीय तहका रहेका छन् ।

    यससँगै जिल्लामा संक्रमितको संख्या ७ सय १८ पुगेको छ । काेराेना परिक्षणका दर घटेपछि संक्रमण दर घटेकाे देखिएकाे छ । गाउँ गाउँमा बृहत परिक्षण गराउने हाे भने कहालीलाग्दाे स्थिति आउने देखेर सरकारले दैनिक परिक्षण घटाएर संक्रमण दर कम देखाउने प्रयास गरिरहेकाे छ । जिल्ला र पालिकामा यसै प्रकारकाे रणनीति अबलम्वन गरेकाे पाइएकाे छ ।

    प्रतिक्रिया दिनुहोस