२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

भदौरेका घरघरै लक्षणसहितका विरामी, स्थानीयको पहलमा प्राथमिक उपचार

  • २०७८ जेष्ठ १८, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौरेमा उच्च ज्वरोसहित कोरोनासँग मिल्दो जुल्दो लक्षणसहितका विरामी घरघरै भेटिएका छन् । उच्च ज्वरो, वाकवाक लाग्ने जीउदुख्ने जस्ता समस्या देखिएका विरामी घरघरै भए पनि उपचार गर्न स्वास्थ्य संस्था र अस्पताल जान सकेका छैनन् ।

    उनीहरुलाई कोरोनाको आशंका गरिए पनि कन्ट्याक ट्रेसिङ गर्दा भने एक जना मात्रै संक्रमित फेला परेको स्थानीय युवा कृष्ण भूजेलले बताए । उनका अनुसार धेरै समस्या भएका विरामीलाई स्वास्थ्यकर्मी कुलबहादुर भूजेलको घरैमा स्लाइन दिएर प्राथमिक तहको उपचार गराइएको छ ।

    उपचारको व्यवस्था आफुले गरेको युवा संघ नेपालका केन्द्रिय सदस्य समेत रहेका  कृष्ण भूजेलले जानकारी गराए । अस्पताल जान नसक्ने अवस्थाका विरामीका लागि वडा र पालिकाले हेरचाह गर्नु पर्ने उनले माग गरे । तर, वडा तथा गाउँपालिका जिम्मेवार नदेखिएको उनको गुनासो छ ।

    कोरोना लक्षणसँग मिल्दोजुल्दो समस्या देखिपछि सरसहयोग गर्न पनि स्थानीय त्रसित भएका छन् । गाउँमा उपचार गर्न अस्पताल सम्म जान नसक्नेलाई वडाका तर्फबाट उपचार व्यवस्था गर्न र बृहत कोरोना जाँच गर्न उनले माग गरे । एक टोलमै २ जनाको अवस्था गम्भीर खालको र अन्य ७/८ जना थप उपचार गर्नु पर्ने अवस्थाका विरामी रहेको पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस