२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
बजेट भाषण

संघीय बजेटमा ओखलढुंगाका कुन कुन याेजना समेटिए ?

खानी उत्खनन् देखि लजविद्युत आयाेजनासम्म बनाउने घाेषणा

Thumbnail
  • २०७८ जेष्ठ १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- शनिबार हिजाे सार्वजनिक भएकाे संघीय सरकारकाे बजेटमा ओखलढुंगाका महत्वपूर्ण कुन कुन याेजना समेटि भन्ने चासाे सबैकाे छ । बजेट भाषणमा कतिपय ठाेस याेजना आएका छन् भने कतिपय घाेषणा मात्रै ।

    अर्थ मन्त्री विष्णु पाैडेलले प्रस्तुत गरेकाे बजेटमा दुधकाेसी जलाशययुक्त आयाेजना बनाउने देखि निर्माण सकिएर पनि अलपत्र खिजिकाे दाेमस विमानस्थलसम्मका कुरा छन् ।

    बजेटमा मन्त्री पाैडेललेओखलढुंगा सदरमुकाममा सञ्चालित खानेपानी  आयोजना सम्पन्न गर्न बजेट बिनियोजन गरेको बताएका छन् । आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै सो बजेट विनियोजन गरेको जनाएका हुन् ।

    ओखलढुंगा र अन्य जिल्लामा सञ्चालित खानेपानी आयोजना आगामी वर्ष सम्पन्न गर्न एकमुष्ट २ अर्ब ६८ करोड विनियोजना गरिएको उल्लेख छ ।

    त्यस्तै सरकारले ओखलढुंगाको खानीडाँडाको तामाखानीको सम्भाव्यता अध्ययन अगाडि बढाउने भएको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्ने क्रममा उक्त घोषणा गरेका हुन् ।

    बजेटमा सम्भाव्यता अध्ययन गरेर उत्खनन् प्रारम्भ समेत गरिने बताइएको छ । चम्पादेवी गाउँपालिका वडा नं ९ मा पर्ने सो ठाउँलाई स्थानीयले खानीगाउँको रुपमा चिन्छन् ।

    बजेट अनुसार आगामी वर्षबाट दूधकोशि जलाशययुक्त आयोजना निर्माण सुरु गर्ने भएको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् ।

    त्यस्तै सरकारले खिजीचण्डेश्वरीकाे दाेमस विमानस्थल सञ्चालनमा ल्याउने  भनेकाे छ । तर याे परिक्षण उडानपछि अलपत्र छ । नागरिक उड्यायन  प्राधिकरण वा मन्त्रालयबाट पत्र लेखेर सुचारु हुने काम पनि बजेटमा घाेषणा गरेकाे भनेर टिप्पणी पनि भएकाे छ ।  यसमा बजेट राखिएकाे छैन ।

    प्रतिक्रिया दिनुहोस