२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

ओखलढुंगाका कुन तहलाई कति अनुदान, कुन तहकाे पर्याे कटाैतिमा ? (विवरण सहित)

  • २०७८ जेष्ठ १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि झण्डै ४ खर्ब रुपैयाँ प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरेको छ । सरकारले सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपुरक अनुदान गरी चार प्रकारका अनुदान प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्छ ।

    आगामी वर्ष ३ खर्ब ८६ अर्ब ७१ करोड ७२ लाख रुपैयाँ वित्तीय हस्तान्तरणका माधयमबाट तल्लो सरकारमा जाने भएको छ । यसमध्ये प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड रुपैयाँ वित्तिय हस्तान्तरणका माध्यमबाट गएको छ ।

    यसरी गएको रकममध्ये गाउँपालिकामा १ खर्ब ३९ अर्ब १९ करोड, नगरपालिकामा १ खर्ब २३ अर्ब ९६ करोड, उपमहानगरपालिकामा ९ अर्ब ७६ करोड र महानगरपालिकाहरुमा १० अर्ब ९ करोड रुपैयाँ हस्तान्तरण भएको छ । यसरी पाउने अनुदानमा ओखलढुंगाका ८ स्थानीय तह पनि छन् ।

    कुन तहले कति पाए  अन्तर सरकारी वित्तिय हस्तान्तरणकाे अनुदान  

    ओखलढुंगाकाे सिद्धिचरण नगरपालिकाले अन्य तहभन्दा बढी अनुदान पाएकाे छ । अनुदान दिइने मापदण्डमध्ये जनसंख्या, भूगाेल आन्तरिक आय आदिका आधारमा नगरपालिकाले बढी अनुदान पाएकाे हाे ।

    सिद्धिचरणले कूल ४६ कराेड ६ लाख पाएकाे छ । यसमा चालु पूजिगत विषेश र समपुरक समेत जाेडिएकाे छ । त्यस्तै  खिजीदेम्वाले २८ कराेड ४४ लाख पाएकाे छ भने चिशंखुगढीले ३१ कराेड १५ लाख पाएकाे छ । त्यस्तै लिखुले ३० कराेड ६० लाख, माेलुङले ३३ कराेड ५९ लाख र मानेभञ्याङले ३५ कराेड ५ लाख पाएका छन् । यी तहहरुलाई सरकारले दिने चालु पूँजिगत विशेष र समपुरक समेत अनुदान संघीय सरकारले दिएकाे छ ।

    त्यस्तै सुनकाेसीले २९ कराेड ५२ लाख  र चम्पादेवीले ३० कराेड ४६ लाख अनुदान पाएका छन् । यी तहले केही अनुदान पाएका छैनन् । त्यसमध्ये सुनकाेसीले विशेष र समपुर दुवै अनुदान पाएकाे छैन । त्यस्तै चम्पादेवीले विशेष अनुदान पाएकाे छैन । अनुदान कटाैतिमा पर्नुकाे कारण नखुलाइए पनि वित्तिय अनुशासन, अन्तरिक आय, बजेट निर्माण , खर्च क्षमता लगायतकाे मुल्यांकनबाट संघीय सरकारले  अनुदानकाे ब्यवस्था गर्दै आएकाे छ ।

    यसरी जिल्लामा २ अर्व ६४ कराेड ८७ लाख संघीय सरकारले अनुदान पठाएकाे छ । प्रदेश सरकारले भने बजेट ल्याउन बाँकी रहेकाले बजेट ल्याएपछि पठाउने छ ।

     

    प्रतिक्रिया दिनुहोस