२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024
शव व्यवस्थापनबारे प्रजिअ बन्दना राई

‘झरीले तत्काल दाउरा जुटेन, गाड्न ठाउँ पाइएन’

  • २०७८ जेष्ठ १५, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- काेराेना संक्रमणका कारण ज्यान गुमाएका व्यक्तिकाे शव व्यवस्थापनमा चुनाैति रहेकाे प्रमुख जिल्ला अधिकारी बन्दना राईले बताएकी छन् । उनले शनिबार विहान मृत्यु भएका व्यक्तिकाे शव व्यवस्थापन नभएकाे विषयमा झरिका कारण तत्काल दाउन व्यवस्थापन हुन नसकेकाे र गाड्न ठाउँ नपाएकाे बताइन् ।

    सिद्धिचरण नगर क्षेत्रमा २ ठाउँमा शव व्यवस्थापन स्थल नगरपालिकासँगकाे सहकार्यमा पहिचान गरेकाे भए पनि स्थानीयकाे अवराेधले ती ठाउँमा शव गाड्न नसकिएकाे उनकाे भनाइ छ । उनले भनिन्, शव जलाउन पहिले नै दाउरा खाेज्ने कुरा भएन, घटना भएपछि झरीका कारण समस्या भयाे, गाड्ने ठाउँ पहिचानकाे प्रयास गरिए पनि अवराेध हुने अवस्था आयाे ।’

    सिस्ने खाेलामा ठाउँ उपयुक्त रहेकाे भनेर अध्ययन गरिए पनि स्थानीयले राजनीतिक पहुँच प्रयाेग गरेर प्रमुख जिल्ला अधिकारीलाई दवाव दिएका थिए । अन्य स्थानमा नगरपालिकाले पनि जग्गा व्यवस्थापन गर्न सकेकाे छैन ।

    यही कारण अस्पतालबाट शनिबार ज्यान गुमाएका २ मध्ये खिजीदेम्वाका व्यक्तिकाे शव अस्पतालमै छ । सबैकाे साझा प्रयासबाट शव व्यवस्थापन स्थल पहिचान हुनु पर्ने बताउँदै प्रजिअ राईले नगरपालिकासँग मिलेर उक्त शव आइतबार ७ बजे लिपे खाेलामा जलाउने ब्यवस्था गरिएकाे  जानकारी दिइन् ।

    नगर क्षेत्रमा दुइ अस्पताल भएका कारण शव व्यवस्थापन स्थल नगर क्षेत्रमा अनिवार्य आवश्यकता देखिएकाे छ । यसबारे सराेकारवाला निकायले समयमै चासाे नदिए दैनिक शव व्यवस्थापनकाे समस्या आउनेमा दुइमत छैन ।

    प्रतिक्रिया दिनुहोस