२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

संक्रमितकाे शव अझै अस्पतालमै, किन भएन शव व्यवस्थापन, काे जिम्मेवार ?

  • २०७८ जेष्ठ १५, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- काेराेना संक्रमणबाट शनिबार विहान ज्यान गुमाएका खिजिदेम्वाका एक व्यक्तिकाे शव अस्पतालमै छ । शनिबार साँझसम्म शव व्वयवस्थापन भएन । अर्का सिद्धिचरण ६ का  व्यक्तिकाे शव भने आफन्तले सुरक्षा निकायकाे सहयाेगमा गाउँ नजिक लगेर ब्यवस्थापन

    गरे । काेराेना संक्रमितकाे शव व्यवस्थापनका लागि स्थान यकिन नहुँदा यस्ताे समस्या आएकाे हाे । सरकारले शव व्यवस्थापन सम्बन्धी मापदण्द ताेके पनि ओखलढुंगामा भने शव व्यवस्थापनका लागि ठाउँ एकिन भएकाे छैन । स्थानीय सरकारले शव व्यवस्थापन स्ठल ताेकेका छैनन् । यही कारण आज मृत्यु भएका व्यक्तिकाे शव अस्पतालमै राख्नु पर्ने अवस्था आएकाे हाे ।

    पानी परेकाले जलाउन दाउरा तत्काल उपलब्ध नभएकाे, गाड्ने ठाउँ नगरपालिकासँगकाे सहकार्यमा पहिचान गर्ने काम भए पनि स्थानीयले अवराेध गरेकाे कारण समस्या आएकाे प्रमुख जिल्ला अधिकारी बन्दना राईले जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारी राइका अनुसार आइतबार विहान ७ बजे सदरमुकाम नजिकैकाे घाट लिपे खाेलामा शदगत गर्ने गरि व्यवस्थापन भएकाे छ । झरिका कारण दाउरा तत्काल नजुट्दा जलाउन नसकिएकाे र गाड्न ठाउँ एकिन नभएकाे समस्या आएकाे सुरक्षा निकायकाे प्रतिक्रिया छ ।

    स्थानीय सरकारले शव व्यवस्थापन स्ठल ताेकेका छैनन् । यही कारण आज मृत्यु भएका व्यक्तिकाे शव अस्पतालमै राख्नु पर्ने अवस्था आएकाे हाे ।

    स्थानीय र आफन्तले भने शव व्यवस्थापन समयमा नगरेकाे भन्दै आक्राेश पाेखेका छन् । काेराेना संक्रमितकाे शव अस्पतालकाे मूर्दा घरमा राख्न अन्य वार्ड हुँदै लानु पर्ने भएकाले छुट्टै काेठामा राख्ने तयारी अस्पतालले गरेकाे छ । काेराेना संक्रमितकाे शव व्यवस्थापन स्थल नताेकिएकाे बारे सिद्धिचरण नगरपालिकाले याे निर्णय जिल्ला संकट ब्यवस्थापन केन्द्रले गर्ने भन्दै पन्छिएकाे छ ।

    सुरक्षा नियकासहित नगरपालिकाका सिस्ने खाेला र लिपे लगायतका स्थानमा ठाउँ हेरिए पनि स्थानीयकाे दवावका कारण शव गाड्न सुरक्षा निकाय तयार भएन । सदरमुकामका अस्पतालमा संक्रमितकाे मृत्यु भएकाले नगर क्षेत्रमा अतिरिक्त शव व्यवस्थापन स्थल आवश्यक भए पनि नगरपािलकाले साे स्थल छनाैट गरेकाे छैन ।

    सुरक्षा मापदण्डसहित शव तत्काल व्यवस्थापन गर्न काँग्रेस सभापित प्रदिप सुनुवारले माग गरेका छन् । उनले नागिरक मिडियासँग भने, ‘१२ घण्टासम्म अस्पतालमै शव रहनु लज्जास्पद विषय हाे, मृतककाे शव गाउँ लाने अवस्था नरहेकाले शव व्यवस्थापन निर्देशिका अनुसार तत्काल हुनुपर्छ । ‘ एउटा शव व्यवस्थापन १२ घण्टामा पनि गर्न नसक्ने स्थानीय सरकार र राज्यका अन्य निकाय निकम्मा भएकाे उनकाे टिप्पणी छ ।

    संक्रमितकाे शव उठाउन संक्रमणकाे डरले विरामीका आफन्तले पनि गर्न सकेका छैनन् । यदी परिवार आफै तयार हुने हाे भने पनि शव दाहस्थल छैन । कतिपयकाे संस्कार अनुसार जलाउन हाेइन गाड्नु पर्ने हुन्छ । यी सम्बेदनशीलतामाथि स्थानीय सरकार र सराेकारवाला निकाय किन जिम्मेवार बनिरहेका छैनन् ? नागरिकले प्रश्न गर्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस