२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

ओखलढुंगा: शनिबार उपचारका क्रममा २ संक्रमितकाे मृत्यु

  • २०७८ जेष्ठ १५, शनिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा– सामुदायिक अस्पतालमा उपचाररत २ जना संक्रमितकाे मृत्यु भएकाे छ । खिजीदेम्वाका २ र सिद्धिचरण ६ का १ गरि २ पुरुषकाे मृत्यु भएकाे हाे ।  स्वास्थ्य कार्यालयबाट आधिकारिक पुष्टि हुन भने बाँकी छ ।

    मृत्यु हुनेमा खिजीदेम्बा गाँउपालिका वडा नम्वर २ का ४५ बर्षीय पुरुष र सिद्धिचरण नगरपालिका ६ का ५८ बर्षीय पुरुष रहेका छन् । खिजीदेम्वाका पुरुषमा काेराेना पुष्टि भएपछि मंगलबार उपचारका लागि अस्पताल आएका थिए भने सिद्धिचरणका पुरुष बुधबार अस्पतालमा आएर जाँच गर्दा काेराेना देखिएकाे थियाे ।

    हाेम आइसाेलेशनमा रहेर समस्या देखिएपछि मात्रै अस्पताल आउने गर्दा अवस्था जटिल हुने र मृत्युदर बढ्ने चिकित्सकहरुले बताएका छन् । यहाँका स्थानीय सरकार भनेर संक्रमितलाई घरैमा बस्न भनिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस