२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

ओखलढुंगा: शुक्रबार कूल ६४ जना थपिँदा संक्रमितकाे संख्या ५६८

  • २०७८ जेष्ठ १४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- आज शुक्रबार पिसिआर र एन्टिजेन परिक्षणकाे अन्तिम नतिजामा  ६४ जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट ४६ जना र एन्टिजेन विधिबाट १८ जना संक्रमित थपिएका हुन् ।

    आज फेला परेका संक्रमितहरु सबैभन्दा बढी मोलुङ गाउँपालिकाका रहेका छन् । मोलुङ गाउँपालिकामा ४२ जना पीसीआर विधिबाट र १ जना एन्टिजेन विधिबाट गरी ४३ जना संक्रमित थपिए ।

    सिद्धिचरण नगरपालिकामा ८ जना, चम्पादेवी गाउँपालिकामा २ जना, चिशंखुगढी गाउँपालिकामा २ जना, खिजीदेम्बा गाउँपालिकामा २ जना, मानेभञ्ज्याङ गाउँपालिकामा २ जना र लिखु गाउँपालिकामा २ जना  छन् । याे संगै संक्रमितकाे कुल संख्या ५६८ पुगेकाे छ ।

    स्वास्थ्य कार्यालयका प्रमुख समुन तिवारीका अनुसार सोलुखुम्बुबाट ओखलढुंगा उपचारका लागि आएका ३ जनालाई समेत कोरोना पुष्टि भएको छ ।

    प्रतिक्रिया दिनुहोस