२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

खिजीदेम्बामा ‘लकडाउन ?’

  • २०७८ जेष्ठ १२, बुधबार मा प्रकाशित २ साल अघि
  • लिला सुनुवार/ओखलढुंगा- खिजीदेम्वा गाउँपालिकाले  काेरोना संक्रमित दैनिक बढ्न थालेपछि आवत जावतमा समेत पूर्ण रोक लगाएको छ । एक गाउँबाट अर्को गाउँ जान र अन्य पालिकामा आउन जान रोक लगाएको हो ।

    संक्रमण फैलन नदिने लकडाउन जत्तिकै कडाइ गरिएको गाउँपालिकाले जनाएको छ । जेठ १२ गतेदेखि जेष्ठ २२ गतेसम्म १० दिनको आवत जावतमा पूणर् रुपमा निषेध गरिएको हो । कुनै विशेष परिस्थितिका कारण आवात जावात गर्नु पर्ने भएमा कामको प्रकृति हेरेर सम्बन्धित वडाका वडाध्यक्षको सिफारिसको आधारमा पास दिइने गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए ।

    नयाँ भेरियन्टसहितको कोरोना भाइरस (कोभिड- १९) संक्रमणको उच्च जोखिम रहेकाले घर बाहिर आवत जावत र भेटघाट नगर्न पालिकाले अपिल गरेको छ । खिजीदेम्बा गाँउपालिकामा हालै गरिएको पिसिआर परिक्षणमा ३३ जनामा कारोना संक्रमण देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस