२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

भर्खरै आयाे प्रशासनकाे यस्ताे आदेश के के गर्न पाइदैन ?

  • २०७८ जेष्ठ ११, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- कोरोना संक्रमणको उच्च जोखिम कम गर्न जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जिल्लामा चाडपर्व तथा सांस्कृतिक कार्यक्रम आयोजना नगर्न अनुरोध गरेको छ । प्रशासनले एक जरुरी सूचना जारी गर्दै समूहमा गरिने कूलपूजा, देवाली, जात्रा पर्व र सांस्कृतिक कार्यक्रम नगर्न अनुरोध गरेको हो ।

    लकडाउन जारी रहेको अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गराउन आवश्यक रहेकाले त्यस्ता खाले चाडपर्व गर्नैपर्ने भएमा घरभित्रै परिवारका सदस्यको मात्रै उपस्थितिमा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पालनासहित सामान्य औपचारिक प्रकृया अबलम्बन गरेर मात्रै मनाउन सूचनामा भनिएको छ ।

    प्रशासनले कसैले लकडाउन बर्खिलाप गरेमा संक्रामक रोग ऐन २०२० तथा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ को दफा १९ अनुसार ६ महिनासम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस