२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

ओखलढुंगा-  आज मंगलबार  २६ जना थपिए संक्रमित; कुन तहमा कति ?

  • २०७८ जेष्ठ ११, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा-  आज मंगलबार  २६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीका अनुसार संक्रमित हुनेहरुमा  खिजीदेम्बाका २२ जना रहेका छन् । यस्तै मोलुङ गाउँपालिकाका २ जना, सुनकोसी गाउँपालिकाका १ जना र सिद्धिचरण नगरपालिकाका १ जना रहेका छन् ।

    यस्तै आज १६ जना कोरोना संक्रमण मुक्त भएका छन् ।  याे सँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ सय ७० पुगेको छ । जसमध्ये ३९ जना निको भइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस