२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024

नेम्बाङ परिवारले गर्याे पत्रकारहरुलाई स्वास्थ्य सामग्री सहयोग

  • २०७८ जेष्ठ १०, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेम्बाङ कस्मेटिक एण्ड कम्युनिकेशन सेन्टरका सञ्चालकद्वय नेत्रबहादुर नेम्बाङ (नरेश) र दीलशोभा नेम्बाङले ओखलढुंगाका पत्रकारलाई ७० हजार बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका छन् । उनीहरुले फ्रन्टलाइनमा  काम गरिरहेका पत्रकारहरुलाई नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखामार्फत उक्त सामग्री सहयोग गरेका हुन् ।

    नेम्बाङ दम्पतीले हस्तान्तरण गरेको एन९५ मास्क, मेडिकल मास्क, सेनिटाइजर, पीपीई सेट, फेस सिल्ड,  सेनिटाइजर प्याडलगायतका सामग्री नेपाल पत्रकार महासंघ शाखाले एक कार्यक्रमका बीच जिल्लास्थित पत्रकारहरुलाई वितरण गरेको थियाे ।  सो कार्यक्रममा नेम्बाङ देम्पतिसहित नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दाली, प्रदेश सदस्य लीलाबहादुर सुनुवार, जिल्ला शाखाका पदािधकारी लगायत थिए ।

    व्यवसायी नेत्रबहादुर नेम्बाङले पत्रकारहरु कोरोनाको महामारीको बेला जोखिममा जाँदै गर्दा आत्मबल दर्बिल बनाएर जान सक्ने अवस्था होस् भनेर स्वास्थ्य सामग्री सहयोग गरेको बताए । ‘अहिले बजारमा १ सेट पीपीईकै १८ हजार बढी मूल्य छ, जति खोज्दा पनि पाउन मुश्किल छ,’ नेम्बाङले भने, ‘हामीले केही बचत गरेर सहयोग गर्ने मौका पाएका छौँ ।’ उनले कोरोनाका कारण जनजीवन जटिल बनिरहेकाले पत्रकारहरुले सरोकारवाला निकायहरुलाई सचेत बनाउनका लागि भूमिका खेल्नुपर्ने बताए ।

    नेम्बाङ व्यावसायका क्षेत्रमा मात्रै नभई राजनीति र सामाजिक क्षेत्रमा समेत क्रियाशील छन् । उनी नेपाल आदिवासी जनजाति महासंघ ओखलढुंगाका अध्यक्ष, जिल्ला खेलकुद विकास समिति ओखलढुंगाका पूर्व कार्यवाहक अध्यक्ष तथा जनता समाजवादी पार्टी ओखलढुंगाका नेता हुन् ।

    महासंघका केन्द्रीय सदस्य दीपेन्द्र रुम्दालीले जोखिममा रहेका पत्रकारलाई ठूलो दीलले सहयोग गरेकोमा नेम्बाङ दम्पतिलाई धन्यवाद दिए ।

    प्रतिक्रिया दिनुहोस