२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

ओखलढुंगा: मृतककाे शव व्यवस्थापनमा अन्याैल, परिवारले मागे सरकारी सहयाेग

  • २०७८ जेष्ठ १०, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- काेराेना संक्रमणबाट ज्यान गुमाएका मृतककाे दाह संस्कारमा अन्याैलता देखिएकाे छ । सिद्धिचरण नगरपालिका वडा नं ११ की ५८ वर्षीय महिलाकाे साेमबार बिहान ज्यान गएकाे थियाे ।

    मृतकका आफन्तले भने आफ्नाे परम्परा अनुसार दाहसंस्कारमा सहयाेग गर्न सरकारी निकायमा अपिल गरेका छन् । सरकारी मापदण्ड अनुसार परिवारका आफन्तले चाहेमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर बढिमा १५ जना सम्मकाे उपस्थितिमा गर्न मिल्ने अन्यथा नेपाली सेनाले गर्ने   उल्लेख छ ।

    परिवारका सदस्यले भने सेनाकाे सहयाेग मागेकाे छ । यसबारे प्रमुख जिल्ला अधिकारी बन्दना राईले परिवारले गर्न चाहेमा उनीहरुले मापदण्ड पालना गरेर गर्न सक्ने अन्यथा सेनाले आफ्नाे मापदण्ड अनुसार गर्ने बताइन् । त्यसमा परिवार र समाज सहभागी हुने व्यवस्था नरहेकाे सुरक्षा निकायकाे भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस