ओखलढुंगा- जिल्लामा आज शनिबार ५० जना कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।
स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट आज ४६ जनामा र एन्टिजेन परीक्षणबाट ४ जनामा संक्रमण पुष्टि भएको हो ।
जसमा पीसीआर परीक्षणबाट पुष्टि भएका मोलुङका २२ जना, सुनकोसीका १८ जना र सिद्धिचरण नगरपालिकाका ६ जना रहेका छन् । यस्तै खिजीदेम्बामा गरिएको एन्टिजेन परीक्षणबाट ४ जना थपिएका छन् ।
प्रतिक्रिया दिनुहोस