ओखलढुंगा- दैनिक संक्रमण दर बढेकाे बढ्यै छ । हालसम्म ६ जना मात्र पूर्ण निकाे भएका छन् । शनिवार दिउँसाेसम्म थपिएका २० समेत गरेर जिल्लामा जम्मा २ सय ३२ पुगेका छन् ।
यी मध्ये अस्पताल भर्ना भएका ६ जना निकाे भएका छन् भने अवस्था समान्य भएपछि ४ जना डिस्चार्ज भएर हाेम आइसाेलेशनमा छन् । जिल्लामा सक्रिय संक्रमितकाे संख्या २ सय २६ रहेकाे छ । सबैजसाे घरैमा रहेका छन् ।
सबैभन्दा धेरै संक्रमित माेलुङमा रहेका छन् । त्यहाँ ६५ जना सक्रिय संक्रमित छन् । संक्रमण समुदायस्तरबाट घरघरै पुगेकाे छ । महामारीकाे याे समयमा स्थानीय सरकार भने जिम्मवार नदेखिएकाे सराेकारवालाकाे गुनासाे छ ।
गाउँपालिकाले काेभिड अस्पतालका लागि राखेका स्वास्थ्यकर्मीलाई खटाएर संक्रमितकाे उपचार र रेखदेख गर्नु पर्ने स्थानीयकाे माग छ ।
प्रतिक्रिया दिनुहोस