ओखलढुंगा- विहबार पनि काेराेना संक्रमित थपिएका छन् । सामुदायिक अस्पताल मिसनमा गरिएकाे एन्टिजेन परिक्षणमा ७ र थप एककाे पिसिआरबाट आएकाे नतिजा अनुसार जम्मा ८ जना थपिएका हुन् ।
तीमध्ये १ जना साेलुखुम्बुका रहेका छन् । बाँकी ७ मध्ये लिखु र चम्पादेवीका १/१ गरी २ जना बाँकी ५ जना सिद्धिचरण नगरपालिका ११ र ९ का रहेका छन् ।
माेलुङमा गरिएकाे स्वाब संकलनमा १५८ जनाकाे रिपाेर्ट आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस