ओखलढुंगा- प्रदेश १ का भाैतिक पूर्वाधार विकास मन्त्री अम्बीरबाबु गुरुङले आगलागीबाट ध्वस्त बनेका माेलुङ गाउँपालिका १ कुन्तादेवीका ५ घर निर्माण गरिदिने घाेषणा गरेका छन् ।
आगलागी पीडितका जलेका घरका भग्नावशेष निरिक्षण गर्दै उनले घर निर्माण शुरु गर्न र त्यसकाे जिम्मा आफ्नाे भएकाे भनेर घाेषणा गरेकाे अनेरास्ववियुका नेता अर्जुन गिरीले बताए ।
निरिक्षणका क्रममा मन्त्री गुरुङ प्रदेश सरकारले आगलागी भएर घर गुमाएका परिवारलाई दिने राहत प्रति परिवार ५० हजार रकमका चेक समेत पीडितलाई हस्तान्तरण गरेका थिए । त्यस्तै पीडित ५ परिवारलाई एकमुष्ठ १ लाख २५ हजार समेत दिएकाे गिरीकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस