२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

दासढुंगा घटनाबारे प्रदिप नेपाल:- ‘सिआइएको संलग्नतामा मदन भण्डारीको हत्या’

  • २०७८ जेष्ठ ३, सोमबार मा प्रकाशित २ साल अघि
  • काठमाडौं – नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समयका सहयात्री हुन्, प्रदिप नेपाल र मदन भण्डारी। आज दासढुंगा घटना भएर भण्डारीको निधन भएको २८ वर्ष पुगेको छ भने नेपाल नेकपा एमालेको सक्रिय राजनीतिबाट टाढा छन्।

    नेपाल मदन भण्डारीलाई व्यक्तिगत रुपमा असाध्यै राम्रो नेताको रुपमा मान्छन्। मदन भण्डारी र जीवराज आश्रितको हत्या या दुर्घटना भन्ने विषय अझै रहस्यमा नै छ। तर नेपाल भने यसलाई सुुपष्ट रुपमा हत्या नै भएको मान्छन्। उनले मदनका बारेमा जीवनी र दासढुङ्गा घटनामा आधारित रहेर ‘बर्बरीक’ नामक उपन्यास समेत प्रकाशन गरिसकेका छन्।

    घटनाका विषयमा पनि एमालेकै नेताहरुबीच एकै धारणा पाइँदैन। ‘अरु के भन्छन् म जान्दिनँ तर म स्पष्ट रुपमा भन्छु– सबै रुपमा हेर्दा त्यो हत्या नै हो,’ नेपाल भन्छन्।दासढुङ्गा घटनापछि पनि एमालेको नेतृत्वमा धेरै पटक सरकार बने तर यो घटनाका विषयमा नचाहेर वा नसकेर अनुसन्धान किन भएन यसै भन्न नसकिने उनी बताउँछन्।

    उनी त्यो हत्या अन्तर्राष्ट्रिय डिजाइनमा नै भएको ठोकुवा गर्छन्। भण्डारीको हत्याको कारण अमेरिकी म्यागजिन ‘न्युजविक’मा छापिएको एउटा अन्तर्वार्तालाई मान्छन् प्रदीप नेपाल।

    उनी त्यो हत्या अन्तर्राष्ट्रिय डिजाइनमा नै भएको ठोकुवा गर्छन्। भण्डारीको हत्याको कारण अमेरिकी म्यागजिन ‘न्युजविक’मा छापिएको एउटा अन्तर्वार्तालाई मान्छन् प्रदीप नेपाल। अन्तर्वार्ताले भण्डारी त्यो समयमा राज्यको कुनै कार्यकारी भूमिकामा नरहेर पनि विश्वभर चर्चामा रहेका नेता थिए भन्ने पुष्टि गर्छ।

    न्युजविकले ‘इन नेपाल, कार्ल माक्र्स लिभ्ज’ शीर्षकमा सन् १९९१ को मे २७ (विसं २०४८ जेठ १३) मा ३० वर्षअघि भण्डारीको अन्तवार्ता छापेको थियो। त्यो अन्तर्वार्ताले पनि उनको चर्चा झनै चुलिएको नेपाललाई लाग्छ। त्यसपछि भण्डारीको अस्तित्व नामेट पार्न विदेशी शक्तिहरु लागिपरेको उनी बताँउछन्। अमेरिकाको म्यागजिनमा अन्तर्वार्ता छापिएपछि अमेरिकी गुप्तचर संस्था सिआइएकै संलग्नतामा मदन भण्डारीको हत्या भएको दावी गर्छन् नेपाल।

    ‘इन नेपाल, कार्ल मार्क्स लिभ्ज’ शीर्षकमा अमेरिकी म्यागाजिनले भण्डारीको अन्तर्वार्ता लिएको थियो,’ नेपाल भन्छन्, ‘त्यसपछि नै विदेशी शक्तिकेन्द्रले मदनको हत्या गरे।’ माइकेल लिटिभनले लिएको अन्तर्वार्तामा १२ प्रश्नहरु सोधिएको देखिन्छ। भण्डारीले अन्तर्वार्ताका क्रममा नेपालमा शान्तिपूर्ण रुपमा वैदेशिक हस्तक्षेप, सम्राज्यवाद र क्षेत्रीय प्रभुत्वको विरुद्ध कम्युनिष्ट आन्दोलन भइरहेको बताएका थिए। र, नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै देशको सहयोग नरहेको अन्तर्वार्ता दिएका थिए।

    नेपाल भन्छन्, ‘त्यसपछि नै विदेशी शक्तिकेन्द्रले मदनको हत्या गरे।’ भण्डारीले अन्तर्वार्ताका क्रममा नेपालमा शान्तिपूर्ण रुपमा वैदेशिक हस्तक्षेप, सम्राज्यवाद र क्षेत्रीय प्रभुत्वको विरुद्ध कम्युनिष्ट आन्दोलन भइरहेको बताएका थिए।

    नेपाललाई घटनाबारे अझै छानविन गर्न सकिन्छ जस्तो लाग्छ। छानविन हुन नसक्नुमा तिनै विदेशीले तर्साएर राखेका कारण नेपालका नेताहरुले यसमा आँट नगरेको मान्छन् उनी। जसकारण घटनालाई हत्या नै भन्ने आँट समेत नेताहरुले गर्न नसकेको नेपाल बताउँछन्।

    ‘राजनीतिक हत्या हो। हत्यारा समाउन गाह्रो छ। नेपालको सरकारले आँट्छ कि आँट्दैन भन्ने हो,’ उनी भन्छन्, ‘जसले हत्या गरे, तिनीहरु यति शक्तिशाली थिए, सबैलाई फसाएर सकाइदिए। नेतृत्वमा यो विषयलाई लिएर ‘मुखमा रामराम बगलीमा छुरा’ जस्तो व्यवहार देखाउँछन्। म त प्रष्टसँग भन्छु, यो हत्या नै हो।’

    स्राेत : उकेरा डटकम

    प्रतिक्रिया दिनुहोस