ओखलढुंगा- आज आइबार ओखलढुंगामा ३० जना कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणका लागि काठमाडौँ पठाइएको १ सय १ जनाको स्वाबमा ३० जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले जानकारी दिए ।
संक्रमित हुनेहरुमा मोलुङ गाउँपालिकाका १३ जना, चिशंखुगढी गाउँपालिकाका १२ जना, सिद्धिचरण नगरपालिकाका ३ जना र २ जना सिद्धिचरण नगरपालिकामै बस्ने बाह्य जिल्लाका रहेकाे बताइएकाे ५ ।
यद्यपी माेलुङ गाउँपािलकाकाे स्वास्थ्य शाखाका प्रमुख बेदहरि दाहालका अनुसार १५ जना संक्रमित थपिएका हुन् । याे तथ्यांक हेर्दा हालसम्मका माेलुङमा २८ सक्रिय संक्रमित रहेका छन् ।
यससँगै जिल्लामा संक्रमितको संख्या ७६ पुगेको छ । माेलुङकाे दावी अनुसार थप २ हुँदा ७८ जना हुने छन् । तथ्यांक यकिन नहुँदा अन्याैल हुने सराेकारवालाकाे गुनासाे छ । जिल्ला तथा स्थानीय तहबीच समन्वय नहुँदा याे समस्या आएकाे हाे ।
प्रतिक्रिया दिनुहोस