२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
शुक्रबार थपिए २ संक्रमित

दैनिक थपिदै काेराेना संक्रमित, ओखलढुंगा सदरमुकाम ‘रेड जाेन’मा

  • २०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- काेराेना संक्रमित दैनिक फेला पर्न थालेका छन् । शुक्रबार आज  जिल्ला अस्पताल रुम्जाटारमा गरिएको एन्टिजेन परीक्षणमा संक्रमित थपिएका हुन् ।

    स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीका अनुसार संक्रमित हुनेहरुमा सिद्धिचरण नगरपालिका १ तलुवाका १ जना र सिद्धिचरण नगरपालिका ११ का १ जना  महिला रहेका छन्र । याे सँगै जिल्लामा संक्रमितकाे संख्या ३५ पुगेकाे छ ।

    धेरै संक्रमित सदरमुकामकाे बजार क्षेत्रका रहेका छन् । दैनिक परिक्षणमा संक्रमित भेटिएपछि स्थानीय त्रसित छन् । संक्रमण बढ्दै जाँदा ओखलढुंगा सदरमुकाम ‘रेड जाेन’मा देखिएकाे छ ।

    यसरी संक्रमित हुने सर्वसाधारणदेखि उच्च पदपस्थ समेत रहेका छन् । जिल्ला न्यायधीश र भूमि सम्बन्धी समस्या समाधान आयाेगका जिल्ला अध्यक्ष समेत संक्रमित भएका छन् । उनीहरु अहिले आसाेलेशनमा उपचाररत छन् ।

    प्रतिक्रिया दिनुहोस