२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
खुसी दिने समाचार

 अब मिसनमै काेभिड १९ केयर युनिट, सांसद सुनुवार भन्छन् ओखलढुंगेलीलाई ठूलाे राहत

  • २०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- काेराेना संक्रमणकाे उपचारका लागि ओखलढुंगामै काेराेना केयर युनिट स्थापना भएकाे छ । १ नं प्रदेश सरकारकाे सामाजिक विकास मन्त्रालय र ओखलढुंगा सामुदायिक अस्पताल (मिसन) का बीचमा साे सम्बन्धी सम्झाैता भएकाे छ ।

    याे सम्झाैतासँगै युनिट सञ्चालनमा आएकाे हाे । सम्झाैता भएकाे मितिबाटै शुरु हुने गरि गरिएकाे छ । यस अघि आइसाेलेसनबाट उपचार दिदैं आएकाे साे अस्पतालमा काेभिडका विरामीका लागि केयर युनिट स्थापना गरेकाे अस्पतालका प्रशासन प्रमुख बुद्ध श्रेषठले जानकारी दिए । हाललाई २० जना क्षमताकाे युनिट छ । सम्झाैता अनुसार विरामीकाे उपचारका खर्च मासिक रुपमा सरकारले भूक्तानी गर्ने व्यवस्था छ ।

    अस्पतालमा मिनि अक्सिजन प्लान्ट पनि सञ्चालनमा रहेकाे छ । अस्पतालमा हाल ४० सिलिण्डर छन् । अक्सिजन चाहिने विरामीका लागि अक्सिजन अभाव नहुने भएकाले छिमेकी जिल्ला साेलु र खाेटाङका विरामीलाई समेत सहज भएकाे छ ।

    अस्पतालमा मिनि अक्सिजन प्लान्ट पनि सञ्चालनमा रहेकाे छ । अस्पतालमा हाल ४० सिलिण्डर छन् । अक्सिजन चाहिने विरामीका लागि अक्सिजन अभाव नहुने भएकाले छिमेकी जिल्ला साेलु र खाेटाङका विरामीलाई समेत सहज भएकाे छ । अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि झण्डै साँढे एक कराेड खर्च भएकाे छ ।

    अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउन संघीय सांसद यज्ञराज सुनुवारले संसदकाे पहिलाे कार्यकालमा काेषबाट बजेट समेत विनियाेजन गरेका थिए । २०७४ सालमा दाेस्राे पटक निर्वाचित भएपछि पहिलाे काम नै उनले याे अक्सिजन प्लान्ट उद्घाटन गरेर शुरु गरेका थिए । अस्पतालमा अक्सिजन अनिवार्य आवश्यक हुने भएकाले केही बजेट विनियाेज गरेर सञ्चालनमा ल्याउन समन्वय गरेकाे र अहिले यसले जिल्लामा ठुलाे राहत भएकाे सांसद सुनुवारले बताए ।

    उनले भने, ‘अक्सिजन प्लान्ट तथा सुविधासम्पन्न पूर्वाधार भएकै कारण हाल २० शैयाकाे काेभिड १९ केयर युनिट स्थापना भएकाे छ, याे ओखलढुंगाबासी मात्रै नभएर छिमेकी जिल्लालाई समेत ठूलाे राहत भएकाे छ ।’

    प्रतिक्रिया दिनुहोस