२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024
ब्रेकिङ.............

ओखलढुंगा: आज ४ संक्रमित थपिए, संक्रमितकाे संख्या ३३ पुग्याे

  • २०७८ बैशाख ३०, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा आज गरिएकाे एन्टिजेन परिक्षणका क्रममा ४ जनामा काेराेना संक्रमण देखिएकाे छ । यसरी संक्रमित हुनेहरु सिद्धिचरण नगरपालिका ४ का १ जना, १० का १ जना र ११ का २ जना रहेका छन् ।  ११ जनाकाे एन्टिजेन परिक्षण गरिएकाे स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।

    यस अघि  विभिन्न समयमा गरिएकामध्ये  एन्टिजेन र पीसिआरसहितकाे नतिजाले जिल्ला बाहिर परिक्षण गरिएका एकसिहत २९ जनामा काेराेना संक्रमण देखिएकाे थियाे । याे सँगै जिल्लामा संक्रमित हुनेकाे संख्या ३३ पुगेकाे छ ।

    सदरमुकाम बजार क्षेत्रमा संक्रमण अत्याधिक देखिएकाे बताइएकाे छ । काठमाण्डाै लगायतका क्षेत्रबाट आउने व्यक्तिबाट संक्रमण फैलिएकाे अनुमान स्थानीयकाे छ । पिसिआर गरिएका ७१ जनाकाे रिपाेर्ट आउन बाँकी छ ।

    सतर्क रहन स्वास्थ्य कार्यालयले अपिल गरेकाे छ । स्थानीय तह भने काेराेना राेकथाम प्रति जिम्मेवार देखिएका छैनन् । धेरै जसाे स्वास्थ्य संस्थामा सामान्य ‍‍‌‌‍‌औषधी समेत छैन ।

    प्रतिक्रिया दिनुहोस