२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

५४ जनाकाे मृत्यु, ९ हजार ७० मा संक्रमण, परिक्षण गरिएकामध्ये करिव ५० प्रतिशत संक्रमित

  • २०७८ बैशाख २३, बिहिबार मा प्रकाशित २ साल अघि
  • पछिल्लो २४ घण्टामा नेपालमा थप ९०७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार हालसम्मकै रेकर्ड संक्रमित पुष्टि भएको हो ।

    यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५८ जनाको मृत्यु भएको थियो । मन्त्रालयका अनुसार बिहीबार पीसीआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः  ८९७० र १०० जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ६८ हजार ५८० र निको हुनेको कुल संख्या  २ लाख ९२ हजार ४९० पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस