२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024

ओखलढुंगा: एन्टिजेन किट अभाव, संक्रमण दैनिक फैलदै

छैन पिसिआर परिक्षण, स्थानीय सरकार अलमलमै

  • २०७८ बैशाख २३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा काेराेना संक्रमणकाे अवस्था दैनिक बढिरहेकाे छ । हालसम्म गरिएका ४८ जनाकाे एन्टिजेन परिक्षण गरिएकाेमा ९ जनामा संक्रमण देखिएकाे हाे । यसले संक्रमणकाे अवस्था भयावह हुने निश्चित छ ।

    संक्रमण फैलन नदिन सिद्धिचरण नगरपालिकाले सवारी साधन र हाट बजार समय ताेकेर बन्द गराएकाे छ । तर सबैभन्दा बढी भीडभाड हुने बैंक तथा वित्तिय संस्था खुला छन् । सरकारी कार्यालयमा भीडभाड देखिन्छ । यसतर्फ सरकारी निकायकाे ध्यान देखिदैन ।

    पिसिआर परीक्षण छैन । यसकाे किट तथा जनशक्तिबारे सरकारी निकायमा अन्याैल छ । संघीय सरकारले काेराेना राेकथाम तथा नियन्त्रणका उपाय अपनाउन स्थानीय सरकारलाई अधिकार दिए पनि स्थानीय सरकारले परीक्षण तथा राेकथामका काममा ध्यान दिएका छैनन् ।

    सरकारले पठाएकाे एन्टिजेन परिक्षणकाे किट समेत अभाव हुने अवस्था आएकाले अब पिसिआर परिक्षण गर्नु अत्यावश्यक रहेकाे स्वास्थ्य कार्यलय ओखलढुंगाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस