२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

आज थप ३ जना संक्रमित थपिए, ओखलढुंगामा संक्रमितकाे संख्या ९ पुग्याे

तस्वीर: सामाजिक सञ्जाल ।
  • २०७८ बैशाख २३, बिहिबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लामा बिहिबार थप तिन जनामा कारोना संक्रमण पुष्टि भएको छ । आज गरिएको एन्टिजेन परिक्षणमा एक महिला सहित तिन जनामा कोरोना पोजेटिभ देखिएको हो ।

    जिल्ल्ला स्वास्थ्य कार्यलय रुम्जाटारमा गरिएको ६ जनाको एन्टिजेन परिक्षणमा २ जना र खिजीदेम्बा गाउँपालिकामा गरिएको परिक्षणमा १ जनालाई कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । रुम्जाटार अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा मोलुङ हाइड्रो पावरमा कार्यरत कपिलवस्तु स्थाई घर भएका २८ बर्षिय एक पुरुष र मोलुङ गाउँपालिका निवासी १९ बर्षिय एक महिलामा कोरोना देखिएको हो ।

    त्यस्तै खिजिदेम्बा गाउापालिका ८ रावादोलुका ४३ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । कारोना पोजेटिभ देखिएका खिजिदेम्बा गाउपालिका ८ रावादोलुका ति पुरुष केहिदनी अघि आईसियु अभावमा काठमाण्डौमा मृत्यु भएकी गंगा गुरुङको आफन्त भएको बुझिएको छ । उनी केहीदन अघि मात्रै सोलुखुम्बुबाट गाउँ फर्किएका थिए ।

    त्यस्तै कोरोना पोजेटिभ देखिएका मोलुङ हाइड्रोपावरमा कार्यरत अर्का पुरुष पनि केहीदिन अघिमात्रै कपिलवस्तुबाट आएका हुन् भने मोलुङ गाउँपालिकाकी १९ बर्षीय महिला केही दिन अघि कोरोना पोजेटिभ देखीएकी गाउँपालिकाकी अर्की महिलासँगै काम गर्ने गरेको बुझिएको छ ।

    संक्रमित देखिएकामध्ये खिजिदेम्बाका ४३ बर्षीय पुरुषमा स्वास्थ्यमा केही समस्या देखिएकाले ओखलढुंगा समुदायिक अस्पतालमा ल्याउने तयारी गरिएको छ । अन्य दुई जनाको भने स्वास्थ्य अवस्था सामान्य रहेकाले होम क्वारेन्टीनमा बस्नेगरी पठाउन जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले बताए । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।

    हालसम्म ४८ जनाको एन्टिजेन परिक्षण गरिएकोमा ९ जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

    प्रतिक्रिया दिनुहोस