२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

काेराेना संक्रमण बढ्दै, ओखलढुंगाका ६ जनामा काेराेना संक्रमण

  • २०७८ बैशाख २२, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लामा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार ओखलढुंगा सामुदायिक अस्पतालमा गरिएको एन्टिजेन परिक्षणमा सिद्धिचरण नगरपालिका ११ रमाईलोडाँडाका ५१ बर्षिय पुरुषमा कारोना संक्रमण पुष्टी भएको हो ।

    केही दिन अघिदेखी ज्वरो तथा रुघा खोकीका कारण ग्रसीत बनेका उनको एन्टिजेन परिक्षणमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । उनीसँग एन्टिजेन परिक्षण गराएका अन्य दुईजनको भने रिपोर्ट नेगेटिभ आएको छ । संक्रमण पुष्टी भएका ति पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि सोही अस्पतालको आईसोलेसन कक्षामा राखिएको छ ।

    उनलाई स्वास्प्रस्वासमा समस्या देखीएपछि अक्सीजन दिएर राखिएको स्वास्थ्य प्रमुख तिवारीको भनाई छ । संक्रमित देखिएका ब्यक्ती यसअघि अन्तरजिल्लाबाट आउजाउ नगरेको पाईएको छ । तरपनि उनमा कोरोना देखिएकाले उनीसंग सम्र्पकमा आएका ब्यक्ति तथा परिवारका सदस्यलाई अनिवार्य होम क्वारेन्टीनमा बस्न जिल्ला स्वास्थ्य कार्यलयले आग्रह गरेको छ ।

    यो संगै जिल्लामा ३७ जनाको एन्टीजेन परिक्षण गरिएकोमा ६ जना संक्रमण पुष्टि भैसकेको छ । यसैबिच जिल्ला स्वास्थ्य कार्यलयले कारोना संक्रमणको जोखिम बढेकाले सचेत रहन आम सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य प्रमुख तिवारीले नागरिकलाई अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।

    प्रतिक्रिया दिनुहोस