२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

नेता वाग्लेले दिए सुरक्षा निकाय, स्थानीय तह र सामािजक संस्थालाई स्वास्थ्य सामग्री

  • २०७८ बैशाख २२, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- समाजसेवी तथा एमाले नेता हंसराज वाग्लेले जिल्लाका सुरक्षा निकाय, सामाजिक संस्था र स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।

    बुधबार बिहान प्रदेश १ नं. कमिटी सदस्य वाग्लेले मास्क र सेनिटाइजर वितरण गरेका हुन् । उनले सिद्धिचरण नगरपालिकालाई २ सय ५ सय मास्क र २० लिटर सेनिटाइजर, ९ नं. वडा कार्यालयलाई २ हजार ५ सय र २० लिटर सेनिटाइजर, मोलुङ गाउँपालिकालाई २ हजार मास्क र १० लिटर सेनिटाइजर उपलब्ध गराएका छन् ।

    त्यस्तै खिजीदेम्वा र चिशंखुगढी गाउँपालिका गाउँपालिकालाई प्रति पालिका १ हजार मास्क र १० लिटर सेनिटाइजर उपलब्ध गराएका छन् । जिल्ला स्थित सुरक्षा निकायलाई पनि मास्क तथा सेनिटाइजर वितरण गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयलाई ५ सय मास्क तथा १० लिटर सेनिटाइजर तथा शसस्त्र प्रहरीलाई ३ सय मास्क र ५ लिटर सेनिटाइजर वितरण गरिएको छ । जिल्लामा १५ हजार मास्क र १ सय लिटर सेनिटाइजर वितरण गरिने वाग्लेले जानकारी दिए ।

    उनले कोरोना भाइरस कोभिड १९ को संक्रमणको जोखिमबाट जोगिन सहयोग गर्ने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराइएको वाग्लेले जानकारी गराए । वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष वाग्ले भलिवलका पूर्व राष्ट्रिय खेलाडी समेत हुन् ।

    त्यस्तै यस मंगलबार प्रेस चौतारी नेपालले जिल्लाका रेडियोहरुलाई मास्क वितरण गरेको छ । जिल्लाका ४ रेडियोमा कार्यरत सञ्चारकर्मीहरुका लागि ५ सय मास्क वितरण गरिएको हो । मास्क चौतारीका केन्द्रिय सदस्य शिव ढुंगानाले हस्तान्तरण गरे ।

    त्यसै गरि अनेरास्ववियुका केन्द्रीय कमिटी सचिव दिपक फुयलले उपलब्ध गराएको ५ लिटर सेनिटाइजर सञ्चारकर्मीहरुका लागि पत्रकार महासंघका जिल्ला उपाध्यक्ष विनु राईलाई महासंघका प्रदेश समितिका सदस्य लिला सुनुवारले हस्तान्तरण गरे ।

    प्रतिक्रिया दिनुहोस