२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
एमालेमा अन्तरसंघर्ष: 'भेडा भेडाकाे सङ् बाख्रा बाख्राकाे सङ्'

यस्ता छन्, नेकपा एमालेकाे पुन:गठित जिल्ला कमिटीका पदाधिकारीहरु

जिल्लाभरका नेता कार्यकर्ताहरुले ‘यो कमिटी त्याग,निष्ठा र इमान्दारीको पर्याय’, ‘त्याग , निष्ठा , समर्पण र आदर्श पात्रहरुको कमिटि’ भनेर प्रतिक्रिया दिएका छन् ।

  • २०७८ बैशाख २०, सोमबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- नेकपा एमालेकाे १७ औं विस्तारित वैठकले जिल्ला कमिटी पुनर्गठन गर्याे । समानान्तर समितिमा लागेका पदाधिकारीहरुलाई निलम्वन गर्दै बहुमत सदस्यहरुकाे बैठकले उपाध्यक्ष नेत्र भट्टराईलाई अध्यक्ष चयन गरेकाे छ ।

    ओलि समुहले बनाएकाे नेकपा कालीन समानान्तर समितिलाई एमालेकाे समिति भन्दै बैठक राखेपछि बहुमत सदस्यहरुले समिति पुनर्गठन गरेका हुन् । उपाध्यक्ष नेत्र भट्टराईकाे अध्यक्षतामा बसेकाे बैठकले २ सय ५५ सदस्यीय समिति चयन गर्याे ।

    जिल्लाभरका नेता कार्यकर्ताले ‘यो कमिटी त्याग,निष्ठा र इमान्दारीको पर्याय’, ‘त्याग , निष्ठा , समर्पण र आदर्श पात्रहरुको कमिटि’ भनेर प्रतिक्रिया दिएका छन् ।

    ओलि समुहले एमालेका निर्वाचित सबै पदाधिकारी हटाएर सदस्यकाे नेतृत्वमा कमिटी चयन गरेकाे थियाे । अध्यक्ष माेहन श्रेष्ठलाई एमालेका नेताहरुले एमालेकाे बैठक राख्न आग्रह गरे पनि म अब थाकें भन्दै आफुलाई हटाएर बनेकाे समितिकाे बैठकमा सहभागी हुन गए पछि उपाध्यक्षकाे नेतृत्वमा कमिटी चयन भएकाे एमालेले जनाएकाे छ ।

    ओलि समुहले आधिकािरिकता दावी गरे पनि बहुमत जिल्ला सदस्यकाे बैठकले प्रस्ताव गर्दै विस्तारित बैठकबाट नयाँ कमिटी चयन गरेपछि माधव नेपाल समुहले पुनर्गठन गरेकाे कमिटी नै आधिकारिक भएकाे एमालेका जिल्ला ईञ्चार्ज तथा केन्द्रिय सदस्य यज्ञराज सुनुवारले बताए ।

    यस्ता छन्, पुन:गठित कमिटीका पदाधिकारी

    १. अध्यक्ष, नेत्रप्रसाद भट्टराई:- हालकाे लिखु गाउँपालिकाकाे गाम्नाङटारमा जन्मेका नेत्र भट्टराई पञ्चायत विराेधी आन्दाेलनबाट उदाएका नेता हुन् । उनी २०४६ सालकाे जनआन्दाेलनपछि बाम माेर्चा हुँदै एमालेमा नेता भएका हुन् ।

    एक पटक जिल्ला विकास सदस्य बाहेक कुनै लाभकाे पद नपाएका उनी एमाले जिल्ला कमिटीका सदस्य, उप सचिव सचिव र उपाध्यक्ष रहि सकेका छन् । जिल्लाभर एमालेकाे संगठन निर्माणमा विभिन्न भूमिकामा महत्वपूर्ण याेगदान गरेका उनले २०७० सालकाे संविधान सभाकाे निर्वाचनमा  पाएकाे टिकट पनि अन्तिम समयमा आर्थिक चलखेलमा खाेसिएकाे थियाे ।

    उनी द्वन्द्वकाल र विभिन्न चरणमा यातना र क्षति व्यहाेरेका, पीडित र सादगी नेताका रुपमा जिल्लामा स्थापित छन् । उनीसहितकाे याे कमिटीलाई जिल्लाभरका नेता कार्यकर्ताले ‘यो कमिटी त्याग,निष्ठा र इमान्दारीको पर्याय’, ‘त्याग , निष्ठा , समर्पण र आदर्श पात्रहरुको कमिटि’ भनेर प्रतिक्रिया दिएका छन् ।

    २. उपाध्यक्ष, मणिराज राई:- हालकाे माेलुङ गाउँपालिकाकाे रागादिपमा जन्मेका उनी नेकपा एमालेमा लामाे समय जिल्ला कमिटी सदस्य हुँदै उपसचिव रहिसकेका हाल माेलुङ गाउँपालिकाका अध्यक्ष छन् । एमालेकाे २०५३ सालमा बैकल्पिक जिल्ला सदस्य रहेका  उनी  एमालेकाे जिल्ला कमिटी सदस्य बनेकाे २१ वर्षमा उप सचिव र २४ वर्षमा उपाध्यक्ष बनेका छन् । हाल प्रदेश कमिटी सदस्य समेत रहेका उनी स्थापित नेताका रुपमा परिचित छन् ।

    ३. उपाध्यक्ष, मेखबहादुर खड्का:- सिद्धिचरण नगरपालिका ९ ज्यामिरेमा जन्मेका खड्काले निजामित कर्मचारी हुँदै राजनीतिमा हाेमिएर एमाले निकट नेपाल निजामित कर्मचारी संगठनकाे संस्थापन जिल्ला संयाेजक भएर काम गरेका थिए । जागिरबाट राजीनामा दिएर २०५४ सालकाे स्थानीय निकायकाे निर्वाचनमा उम्मेदवार भएका उनी साविक ज्यामिरे गाविसकाे अध्यक्षमा पराजित भए ।

    त्यसयता जिल्ला कमिटीमा रहेर काम गरेका उनी सचिवालय हुँदै नेकपा कालीन कमिटिमा सिद्धिचरण नगरपालिकाकाे ईञ्चार्जका रुपमा काम गरेका थिए । हाल उनी उपाध्यक्ष चयन भएका हुन् । मिजासिलाे स्वभावका खड्का कार्यकर्ता माझ चाँडै घुलमिल हुन सक्छन् ।

    ४. सचिव, हर्कबाेल राई:- जनतासँग भिजेका  नेता हुन हर्कबाेल राई । उनी नेकपा एमालेकाे उपसिचव भएर काम गरिसकेका छन् । त्यस अघि उनी जिल्ला कमिटीकाे सचिवालयमा रहेर दुई दशक काम गरि सकेका छन् ।

    २०५४ सालमा उनले साविक माम्खा गाविसकाे अध्यक्ष भएर काम गरेका थिए । २०७० सालकाे संविधान सभामा समानुपातिक तर्फका संविधान सभा सदस्य रहेका उनी जिल्लामा निर्विवाद र सादगी नेताका रुपमा परिचयन बनाएका छन् ।

    हक्की स्वाभावका राईकाे जिम्मेवारी पाएकाे कुरा जसरी पनि पुरा गरेरै छाड्ने बानी छ । द्वन्द्वकालमा तत्कालीन माओवादी पक्षले एमालेकाे संगठन विस्तार गरेकाे आराेपमा कुटपीट गरेर खुट्टा समेत भाँचेका थिए । निकै कठिन र चूनाैतिपूर्ण समय पारगर्दै राजनीतिमा स्थापित पात्र हुन राई ।

    ५. उप सचिव, अर्जुन धमला:- माेलुङ गाउँपालिका १ कुन्तादेवीका धमला यस अघि जिल्ला कमिटीकाे सदस्य हुँदै  सचिवालय सदस्यका रुपमा काम गरेका छन् । नेकपा कालीन कमिटीमा माेलुङ गाउँपालिकाकाे सह ईञ्चार्जका रुपमा कार्यरत थिए । लामाे समय जिल्ला कमिटीमा रहेर काम गरेका उनी इमान्दार कार्यक्रताकाे छवि बनाएका छन् ।

    ६. उप सचिव,  नरेन्द्र कुमार श्रेष्ठ:- उनी नेकपा एमालेकाे जिल्ला सदस्य, सचिवालय सदस्य, कार्यालय सचिव भएर काम गरिसकेका नेता हुन् । साविक सुनकाेसी गाउँपालिकाकाे सिस्नेरी स्थायी ठेगाना भएका श्रेष्ठ नेकपा कालीन कमिटीमा सुनकाेसी गाउँपालिका कमिटीकाे अध्यक्ष भएर काम गरेका थिए । उनी जिल्लामा काममा पार्टी काममा काबिल नेताका रुपमा परिचित छन् ।

    ७‍. उप सचिव,  बलबहादुर परियार :- नेकपा एमालेमा दाेस्राे जनआन्दाेलनपछि भूगाेलकाे राजनीतिमा देखिएका परियार दलित आन्दाेलनबाट उदाएका नेता हुन् । उनले काठमाण्डाैंमा विभिन्न कमिटिमा काम गर्दै एमालेकाे जिल्ला सदस्य सदस्य, सचिवालय सदस्य, कार्यालय सचिव भएर काम गरिसकेका छन् ।

    नेकपा कालीन कमिटीमा प्रचार विभागकाे प्रमुखका रुपमा समेत काम गरे । लेखन क्षमताका अब्बल नेता उनी युवा पुस्ताका बैचारिक व्यक्तिका रुपमा चिनिन्छन् । लेखन क्षमतामा पनि स्थापित उनले एक संस्मरण संग्रह प्रकाशन गरेका छन् ।

    ८. उप सचिव,  मावर सुनुवार :- लामाे समय अखिलकाे राजनीतिमा राजधानीमा क्रियाशील उनी २०६४ पछि भूगाेलकाे राजनीतिमा फर्किएका हुन् । हालकाे लिखु गाउँपालिका ९  पाेकली उनकाे स्थायी ठेगाना हाे ।

    २०६४ सालयता उनी जिल्ला सदस्य हुँदै सचिवालयमा बसेर काम गरेका छन् । लिखु गाउँपालिकाका कार्यपालिका सदस्य समेत रहेका उनी हक्की र निडर स्वाभावका युवा नेता हुन्। कार्यकर्ता माझ उनी मन नपरेकाे विषयमा कडा प्रतिवाद गर्ने निडर नेताका रुपमा स्थापित छन् ।

    ९. उप सचिव,  किसन कुमार राई :- विद्यार्थी आन्दाेलनबाट स्थापित नेता हुन् किसान । हाल चिशंखुगढि गाउँपालिकाकाे माम्खा स्थायी ठेगाना रहेका उनी काठमाण्डाैंमा अनेरास्ववियुकाे चर्चित नेताका रुपमा परिचित थिए । जिल्ला कमिटी सदस्य र सचिवालयमा काम गरेकाे अनुभव छ । हाल उनी उप सचिवमा चयन भएका छन् । युवा पुस्तामा परिचित र लाेकप्रिय छन् ।

    नेकपा एमालेका खारिएका,  कुनै दाग नलागेका र इमान्दार पदािधकारी  तथा सदस्यहरु चयन भएपछि कार्यक्रतामा उत्साह छाएकाे जिल्ला सचिवालय सदस्य  दिपक फुयलले बताए । पुरानाे इतिहाँस देखि युवाहरुकाे शशक्त टिम निर्माण भएपछि समानान्तर गतिविधिमा लागेकाहरु छायाँमा परेकाे उनकाे दावी छ  ।

    ओलिकाे समानान्तरमा लागेका पूर्व मालेकालीन कार्यकर्ता  

    ओखलढुंगामा एमालेमा ओलि समुहकाे कमिटी समानान्तर देखिएकाे छ । विधिवत् निर्वाचित सबै पदाधिकारी हटाएर गठन गरिएकाे नेकपा कालिन कमिटी साविक जिल्ला कमिटीका एक तिहाइ सदस्य मात्र लागेका छन् । बहुमत सदस्यले कमिटी बैशाख १७ गते पुनर्गठन गरेकाे हाे ।

    ओलि गुटमा पूर्व मालेका कार्यकर्ता पदािधिकारीमा छन् । अध्यक्ष ताेकिएका केदारबाबु बस्नेत र सचिव ताेकिएका तीर्थ सुवेदी २०५५ मा एमाले फुट्दा मालेतिर लागेका थिए ।

    याे समुहका हर्ताकर्ता अम्बीर गुरुङ मालेकाे चुनाव चिन्हमा २०५६ सालमा एमालेका उम्मेदवार विरुद्ध सांसदकाे उम्मेदवार बनेका थिए । उ बेलाकाे एमाले विभाजनकारी  समुहका सबैजसाे अहिले ओलि गुटमा छन् । किशाेर अधिकारी,माेहन श्रेष्ठलगायत केहि नेता मात्र याे समुहमा छन् ।

    साे गुटमा अधिकांश गैह्र राजनीतिक, व्यापारिक चरित्रका नेता, कार्यकर्ता देखिन्छन् । राजनीतिमा लागेर इमान जाेगाएका, पुराना र राजनीतिक संस्कार देखाउने नेता कार्यकर्ता ओलि इतरमा लागेकाे र एमालेकाे समुहगत अन्तरसंघर्षमा बनेका यी दुई समुहका पदािधकारी हेरेर सराेकारवाला र बुद्धिजीविहरु ‘भेडा भेडाकाे सङ् बाख्रा बाख्राकाे सङ्’ भनेर टिप्पणी गर्न थालेका छन् ।

    प्रतिक्रिया दिनुहोस